२०८३ असार २ गते
×

Now Playing

बेहुली ल्याएकै साँझ ज्वरो आएपछि अस्पताल भर्ना, बिहेको ७२ घण्टाभित्रै बेहुलाको मृत्यु

काठमाडौं । भारतको उत्तर प्रदेशको बिजनोरमा कोरोनाले ७२ घण्टाभित्रै बेहुलीको खुसी खोसेर लगेको छ । कोरोनाका कारण ती बेहुलाको २ दिनभित्रै मृत्यु भयो जसले भर्खरै बेहुली बिहे गरेर ल्याएका थिए । बिहेकै दिन बेलुका ज्वरो आएका कारण सोही रात उनलाई अस्पताल भर्ना गरिएको थियो र उपचारको क्रममा अर्जुन नाम गरेका ती बेहुलाको मृत्यु भयो ।

जूमन्यूजका अनुसार बिजनोर सहरको जाटन निवासी अर्जुनले अप्रिल २५ का दिन चन्दपुरको सियाउ गाउँ निवासी बबलीसँग विवाह गरेका थिए । अप्रिल २५ का दिन अर्जुन जन्ती लिएर गएका थिए र धुमधामका साथ बिहे सम्पन्न भएको थियो ।

बेलुका ७ बजेतिर बेहुलीसँग जन्तीलाई विदा गरेर पठाइएको थियो । जन्ती खुसीसाथ बिजनोर पुगेका थिए र त्यहाँ बेहुलीको पनि धुमधामका साथ स्वागत गरिएको थियो । तर, त्यही रात सुहागरातका बेला बेहुला अर्जुनलाई अचानक ज्वरो आयो र ज्वरो पनि बढ्दै गयो।

अर्जुनलाई हतार हतार जिल्ला सरकारी अस्पताल पु¥याइयो जहाँ उनको रिपोर्ट कोरोना पोजेटिभ आयो । उनलाई जिल्ला अस्पतालकै कोभिड–१९ वार्डमा भर्ना गरिएको थियो तर उनको अवस्था सुध्रिएन, उल्टै अवस्था बिग्रिँदै गयो । छिमेकीहरुका अनुसार अस्पतालमा अक्सिजनको अभावका कारण अप्रिल २९ का दिन बिहान कोरोनाका कारण बेहुला अर्जुनको मृत्यु भएको थियो ।

दुलहाको मृत्युको खबर आउने बित्तिकै बेहुली र बेहुला पक्ष दुवैतिर रुवाबासी भयो । बबलीसँग बाँकी जीवन सँगै बिताउने सपना बोकेका बेहुलाको ७२ घण्टामै मृत्यु भयो । उनीहरुको सहयात्रा ७२ घण्टाको मात्र रह्यो । त्यसपछि बबलीको अवस्था पनि बिग्रिएको छ तर उनी कोरोना संक्रमित भएकी हुन् वा होइनन् भन्ने पुष्टि भएको छैन । बेहुलाको मृत्यु भएपछि स्थानीयमा शोकको वातावरण छ ।

बेहुली ल्याएकै साँझ ज्वरो आएपछि अस्पताल भर्ना, बिहेको ७२ घण्टाभित्रै बेहुलाको मृत्यु

भारत कोरोनाले आक्रान्त भएका बेला चीनले पूर्व

बेहुली ल्याएकै साँझ ज्वरो आएपछि अस्पताल भर्ना, बिहेको ७२ घण्टाभित्रै बेहुलाको मृत्यु

५७ सय ६३ संक्रमित थपिए, १९ जनाको

Leave a comment

Your email address will not be published. Required fields are marked *