भारत कोरोनाले आक्रान्त भएका बेला चीनले पूर्व लद्दाखमा सैन्य गतिविधि बढायो

काठमाडौं । कोरोनाभाइरस महामारीले अहिले सबैभन्दा बढी भारत प्रभावित छ । यहाँ अहिले हाहाकारको स्थिति छ । यही समयमा पूर्वी लद्दाखमा चीनले सैन्य गतिविधि बढाएको भारतीय मिडियाले दावी गरेका छन् ।

इण्डिया टुडेका अनुसार चीनले यस क्षेत्रमा आफ्नो स्थिति बलियो बनाइरहेको छ । जानकारी अनुसार पूर्वी लद्दाखमा चीनको जनमुक्ति सेनाले एक पटक फेरि आफूलाई सशक्त अवस्थामा उभ्याएको छ ।भारत र चीनबीच सीमामा तनाव भएपछि पछिल्लो समय दुई देशबीच विवाद समाधानको लागि वार्ता भइरहेको छ ।

गएको फेब्रुअरीमा भएको सहमतिपछि दुवै देशले पेगोंग त्सो क्षेत्रबाट आआफ्ना सैनिक फिर्ता बोलाएका थिए । त्यसअघि यो क्षेत्रमा चिनियाँ सैनिक तैनाथ थिए । कैयौं महिनाको तनावपछि भारत र चीनबीच लद्दाखको विवादित क्षेत्रबाट पछि हट्ने सहमति भएको थियो ।त्यसपछि दुवै देशले सेना फिर्ता लैजाने प्रक्रिया पनि सुरु गरेका थिए ।

इण्डिया टुडेले सूत्रको हवाला दिँदै यहाँ अहिले स्थिति पुनः पुरानै भएको र यहाँ चिनियाँ सैनिक तैनाथ भएको बताएको छ । यहाँ चीनको जनमुक्ति सेनाले स्थायी निर्माण, आवास र सैन्य भवन निर्माण सकेत गरेको बताइएको छ । यी दुई देशबीच एक वर्षअघि मे महिनामा झडप भएको थियो । त्यसपछि १५ जून २०२० मा गस्तीमा गएका भारतीय र चिनियाँ सैनिकबीच रक्तपातपूर्ण झडप हुँदा थुप्रै सैनिक मारिएका थिए । भारतका २० सैनिक मारिएका थिए । चीनका कति सैनिक मारिए भन्ने अझै स्पष्ट छैन ।

भारत कोरोनाले आक्रान्त भएका बेला चीनले पूर्व लद्दाखमा सैन्य गतिविधि बढायो

भारतमा २४ घण्टामा थपिने नयाँ संक्रमितको संख्या

भारत कोरोनाले आक्रान्त भएका बेला चीनले पूर्व लद्दाखमा सैन्य गतिविधि बढायो

बेहुली ल्याएकै साँझ ज्वरो आएपछि अस्पताल भर्ना,

Leave a comment

Your email address will not be published. Required fields are marked *