देशका सबै हाइ स्कुलमा चाहिएजति कण्डम निकाल्न सकिने मेसिनकाे जडान

काठमाडौं । फ्रान्सका लगभग सबै हाइस्कुलमा कण्डम भेन्डिङ मेसिन जडान गरिएको छ ।
सुरक्षित यौन सम्बन्धलाई बढावा दिन र कम उमोरमा हुने गर्भावस्थाको जोखिमलाई कम गर्न यस्तो गरिएको सरकारले बताएको छ । यी मेसिनबाट आवश्यकता अनुसार कण्डम निकाल्न सकिन्छ । देशको ९६ प्रतिशत हाइस्कुलमा यो मेसिन जडान गरिसकिएको छ ।
हालै भएको एक अध्ययनमा यसको खुलासा भएको हो । एक समय फ्रान्स एड्सको चपेटामा परेको थियो । यही कारण सरकारले देशका विभिन्न स्थानहरुमा कण्डम भेन्डिङ मेसिन जडान गर्न सुरु गरेको थियो ।

फ्रान्समा पहिलो कण्डम भेन्डिङ मेसिन १९९२ मा जडान गरिएको थियो ।
त्यतिबेला सरकारको यो निर्णयको व्यापक विरोध भएको थियो ।
खासगरी स्कुल प्रशासन र समाजका केही वर्गले यसमा आपत्ति जनाएका थिए ।
तर, जागरुकता अभियानले फाइदा हुन थालेपछि भने जनताले यसलाई स्वीकार गरे ।
फ्रान्समा गत वर्ष शिक्षा मन्त्रालयले गरेको एक सर्वेक्षणमा राज्यको निधि प्राप्त गर्ने ९६
प्रतिशत हाइस्कुल, पब्लिक स्कुल र निजी स्कुलहरुमा कण्डम भेन्डिङ मेसिन छन् ।
स्टेटिस्ताको एक रिपोर्टअनुसार २०१९ मा इले दे फ्रान्समा सबैभन्दा धेरै कण्डम बिक्री भएको थियो ।
यहाँ १ वर्षमा २६ मिलियन कण्डम बिक्री भएका थिए ।
त्यसपछि ओभरगने रोन अल्पेसमा १४.६ मिलियन कण्डम बेचिएका थिए ।






