प्रदर्शक भन्छन्–‘एमजी दिन सक्दैनौं, प्रतिशत बढाउन सकिन्छ’

कोरोनाका कारण ठप्प रहेका हलहरु पौष १० गतेबाट एकफर्ती र पौष २६ गतेबाट सरकारी निर्णय अनुसार नै संचालनमा आए । १० महिनासम्म हलमा ताला लगाउनु पर्दा मारमा परेका व्यवसायीहरु हल खुलेपछि उत्साहित थिए । चलचित्र रिलिज हुने र दर्शकको चाप हलमा बढ्ने आशा उनीहरुमा थियो ।

तर, हल खुलेपछि रिलिज भएका नेपाली र विदेशी चलचित्रले दर्शकलाई हलसम्म तान्न सकेनन् । यतीसम्म कि, हल संचालकहरुको हल चलाउने खर्च पनि उठ्न सकेन । उनीहरुको आशा अझै मरेको थिएन । केही ठूला बलिउड र हलिउड चलचित्र रिलिज हुने तयारीमा रहँदा प्रदर्शकहरु उत्साहित थिए ।

साथै, नेपाली चलचित्रको रिलिज मिति पनि निर्माताले तोक्न थालेका थिए । जसलेगर्दा, हलमा दर्शकको चाप बढ्ने र पुरानै अवस्थामा फर्किने आशा उनीहरुमा थियो । तर, कोरोनाको दोश्रो लहर सुरु भएपछि भने प्रदर्शकहरुको आशा निराशामा बदलिएको छ ।

चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान भन्छन्–‘हामी त खै के गर्ने गर्ने भन्ने अवस्थामा छौं । न त सरकारले कुनै सहयोग गरेको छ, न त चलचित्र विकास बोर्डले नै ध्यान दिएको छ । काठमाण्डौ बाहिरका प्रदर्शकहरुको अवस्था त झनै कहालीलाग्दो छ ।’

चलचित्र ‘कृष्ण लीला’का निर्माताले हलहरुले एमजी दिएको अवस्थामा चैत्र २७ गते चलचित्र रिलिज गर्न सक्ने बताएका थिए । तर, अध्यक्ष प्रधान भन्छन्–‘हामी बलियो अवस्थामा भएको भए एमजीको कुरा गर्न सकिन्थ्यो । तर, हामी आफै नाजुक अवस्थामा छौं । यस्तो अवस्थामा एमजी दिन कुनै पनि हल संचालक साथीहरु तयार हुनु भएन । बरु, शेयर १५–२० प्रतिशत बढी दिन सकिन्छ । तर, एमजी दिने अवस्थामा हामी आफै छैनौं ।’

प्रदर्शकहरु एमजी दिन तयार नभएपछि ‘कृष्णलीला’को प्रदर्शन मिति पोष्टपोन्ड भएको छ । अध्यक्ष प्रधान भन्छन्–‘भारतमा पनि ठूला चलचित्र सबै पोष्टपोन्ड भैरहेका छन् । यस्तो अवस्था कहिलेसम्म रहन्छ भन्न सकिदैन । हामी के गर्ने सोच्न नसक्ने अवस्थामा छौं ।’

प्रदर्शक भन्छन्–‘एमजी दिन सक्दैनौं, प्रतिशत बढाउन सकिन्छ’

नयाँ बर्षमा फेरि सुनसान हल, जोखिम मोल्न

प्रदर्शक भन्छन्–‘एमजी दिन सक्दैनौं, प्रतिशत बढाउन सकिन्छ’

दुर्घटनाग्रस्त विमानलाई रेष्टुरेन्टमा परिणत गरिने

Leave a comment

Your email address will not be published. Required fields are marked *