वायु प्रदूषणका कारण आँखाका बिरामी बढे

वायु प्रदूषणका कारण आँखाका बिरामी बढेका छन्। आँखा चिलाउने समस्या लिएर आउने बिरामीको संख्या बढेको भरतपुर आँखा अस्पतालले जनाएको छ । सोमबार र मंगलबार चितवनको वायु प्रदूषणले खतराको तह नाघेको थियो ।

यहाँको वायु अझै पनि अस्वस्थ रहेको रियल टाइम एयर क्वालिटी इन्डेक्स (एक्युआई)ले जनाएको छ । आँखाको दैनिक उपचार गराउन आउने बिरामीमध्ये झण्डै ६० प्रतिशत बिरामीमा आँखा चिलाउने समस्या भएको भरतपुर आँखा अस्पतालका नेत्र अधिकृत विनोद पाण्डेले जानकारी दिए ।

‘६० प्रतिशत बिरामीले चाहिँ आँखा पोलेको बताउनुभएको छ’, उनले भने, ‘वायु प्रदूषणका कारण यस्ता खालका बिरामी केही बढेको हामीले पाएका छौँ ।’ यसका लागि ठूलो किसिमको उपचार नचाहिने भन्दै उनले आँखा सफा गर्ने औषधि दिएर त्यस्तो समस्यालाई ठिक पार्ने गरिएको बताए ।

‘आँखा सुक्खा हुने समस्याका बिरामी पहिला कम थिए, अहिले चाँहि त्यो संख्या बढेको छ’, उनले भने, ‘हरेक ५ जना बिरामीमध्ये ३ जनामा आँखा सुक्खा हुने, पोल्ने र बिझाउने समस्या देखिएको छ ।’ सामान्यताया जाडो याममा भन्दा गर्मीयाममा आँखा सुक्खा हुने समस्या बढ्छ ।

‘यसअघि जुन अनुपातमा यस्तो समस्या देखिन्थ्यो, प्रदूषणका कारण अहिले धेरै बढेको पाइएको छ’, उनले भने । यस अघि ५ जना आँखाका बिरामीमध्ये २ जनामा यस्तो समस्या देखिने गरेको उनले बताए ।

आँखा चिलाएपछि आँखा मिच्ने र जथाभावी आँखामा हाल्ने औषधि प्रयोग गरियो भने आँखा बिग्रन सक्ने उनको भनाइ छ । आँखा नियमित रुपमा सफा पानीले धुने र घर बाहिर निस्किँदा सुरक्षित किसिमको चस्मा प्रयोग गरियो भने यो समस्या धेरै गम्भीर खालको नभएको उनी बताउँछन् ।

वायु प्रदूषणले तत्कालीन समयमा आँखा हेर्न नमिल्ने, पोल्ने र चिलाउने समस्या निम्त्याए पनि दीर्घकालीन असर केही नगर्ने उनले बताए । भरतपुर आँखा अस्पतालबाट दैनिक ६ सयको हाराहारीमा विरामीहरुले उपचार गराउने गरेका छन्  ।

वायु प्रदूषणका कारण आँखाका बिरामी बढे

कर्णालीमा नयाँ वर्षसँगै नयाँ सरकार बनाउने एमालेको

वायु प्रदूषणका कारण आँखाका बिरामी बढे

सर्वोच्चले मानेन नेकपा ब्युताउन, पुरानै फैसला सदर

Leave a comment

Your email address will not be published. Required fields are marked *