गुल्मीमा अझै पनि बोटमै सुन्तला

गुल्मीको रेसुंगा नगरपालिका वडा नम्बर ३ भाडगाउँका बोटमा अझैसम्म पनि लटरम्म सुन्तला छन् । सुन्तलाको लागि प्रख्यात ठाउँ गुल्मीको भाडगाउँमा फागुनसम्म त प्राय सबैको बगैँचामा सुन्तला हुन्छन् । अहिले भाडगाउँमा सुन्तलाको बोटमा एकै ठाउँ पाकेको फल र फुल पनि देख्न सकिन्छ ।

कृषकहरुले बेमौसमी सिजनमा सुन्तलाको धेरै मुल्य पर्ने भएपछि बोटमै सुन्तला राख्ने गरेका छन्। भाडगाउँका कृषक प्रदीप मरासिनीले बाउँ बाजेको पालादेखि नै वैशाखसम्म सुन्तला राख्ने भएकाले नै आफूले पनि राखेको बताए। त्यसबाट सुन्तला उत्पादनमा कुनै कमी भएको महशुस नगरेको कृषक मरासिनीको भनाइ छ।

उनको सुन्तला स्थानीय स्तरको बगैँचाबाटै बिक्री हुने गरेको छ । यस पेशाबाट आफु सन्तुष्ट रहेको उनी बताउँछन् । माघको अन्तिमसम्म सुन्तला टिप्नु राम्रो हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाई गुल्मीका प्रमुख नारायण काफ्लेले बताए। सुन्तला जति ढिलो टिप्यो उति अर्को वर्षको उत्पादनमा घाटा हुने भएकाले अन्य बिधिबाट भण्डारण गर्नुपर्ने काफ्लेले बताए ।

जिल्लामा कृषकले आफ्नो अनुभवलाई मात्र प्रयोग गर्दै सुन्तला खेती गर्दै आएका छन् । उनीहरुलाई बगैंचा सुधार , मल जल ,काँटछाँट र अन्य प्रविधिहरुको बारेमा जानकार हुन जरुरी रहेको काफ्लेले बताए । जसका लागि गत माघ, फागुनमा कृषकहरूको सुन्तला बगैँचामा गई बगैंचा सुधार र अन्य प्रविधिको प्रयोगको बारेमा जानकारी गराइएको र आगामी वर्षको सुरुवात देखि नै अभियानकै रुपमा संचालन गर्ने उनको दाबी छ ।

गुल्मीमा अझै पनि बोटमै सुन्तला

अब नेपाली आकाशमै फोन र इन्टरनेट चलाउन

गुल्मीमा अझै पनि बोटमै सुन्तला

कर्णालीमा नयाँ वर्षसँगै नयाँ सरकार बनाउने एमालेको

Leave a comment

Your email address will not be published. Required fields are marked *