२०८३ असार २ गते
×

Now Playing

अनि बदलियो स्कुल

दैलेख ।  स्कुलमा न खानेपानी थियो । न त शौचालय नै । विद्यार्थीले घरबाटै पानी बोकेर जान्थे । कयौंदिन त दिनभरी पानीसमेत नखाइ फर्किन्थे । स्कुल परिसर खण्डहर देखिन्थ्यो । चुहिने छानो ।
विद्यार्थीहरुको उपस्थिती न्यून हुन्थ्यो ।

बालबालिकाहरु स्कुलमा पुरै समय बस्दैनथे । तर यतिबेला गुराँस गाउँपालिका–७ मा रहेको लक्ष्मी आधारभुत विद्यालयको अवस्था सुधार गर्न स्थानीयहरु जुटेका छन् । शिक्षक र अभिभावकले विद्यालय सुधारको प्रयास थालेका छन् ।

प्रधानाध्यापक लालबहादुर बिसीको अग्रसरतामा व्यवस्थापन समितिको बैठक बस्यो । बैठकले विद्यालय सुधार गर्न स्रोतको खोजी गर्ने निणर्य ग¥यो । सुरुमा चुहिने छानो बदलियोे । भत्केका भित्ता टालियो । विद्यालय घेरबार र प्रवेशद्धार बन्यो । खानेपानीको धारा बन्यो । अहिले बालबालिकाको उमेर समूह अनुसार धारा निर्माण गरिएको छ ।

विद्यालयका सबै भित्ताहरु अहिले पलस्टर गरिएको छ । पलास्टर गरिएको भुँईमा बालमैत्री बसाई व्यवस्थापनका लागि पिफर्म, कार्पेटको व्यवस्था गरिएको छ । चिल्ला भित्तामा नेपालका राष्ट्रिय जनावर गाई, चरा, रङ्ग, निशाना छाप, बालबालिका र अभिभावकका आचारसंहिताहरुले भित्ता रङ्गाइएको छ ।

कक्षा कोठाभित्र मात्रै नभइ कक्षा बाहिर पनि सिकाइहोस् भन्ने उदेश्यसहित विद्यालयलाई सन्देशमुलक भनाइ र चित्रहरुले भित्ताहरु रंगाईएको प्रधानाध्यापक बिसीले बताए । स्कुल बदल्न अभिभावकको साथ र सोचाइ बदल्नुपर्ने प्रधानाध्यपक बिसी भन्छन् । स्कुलको प्रवेशद्धारमै अभिभावक ज्यू नमस्कार, कता हिँड्नुभयो कुन्नी ? भनेर बोर्डमा लेखिएको छ ।

एक पटक विद्यालय प्रवेश गरी छोरा छोरीको पढाइबारे छलफल गर्ने कि ? भनेर लेखिएको बोर्ड हेरी धेरै जसो अभिभावकहरु आफ्ना बालबालिकाको पढाइको बारेमा जान्न विद्यालय आउने अभिभावकको संख्यामा बृद्धि भएको प्रधानाध्यापक बिसी बताउँछन् ।

जनप्रतिनीधि, शिक्षक र अभिभावकको सहयोगले अहिले विद्यालयमा बालबालिकाको संख्या पनि बृद्धि हुन थालेको बिसीले बताए । यो स्कुल मात्र नभई गाउँपालिकाका अधिकाँश विद्यालयमा बाल मैत्री बसाई व्यवस्थापन भएको छ । वडाका सबै विद्यालय सुधार गर्न र नमुना विद्यालय बनाउन सक्दो प्रयास गरिरहेको सोहि वडाका वडाध्यक्ष हुकुमबहादुर खत्री बताउँछन् ।

अनि बदलियो स्कुल

कर्णालीमा नयाँ सरकार बनाउन एमालेका सांसदहरु आन्तरिक

अनि बदलियो स्कुल

घर बनाउँदा कहाँ कस्तो पाइप प्रयोग गर्ने,

Leave a comment

Your email address will not be published. Required fields are marked *