संग्रही वृहत् लिफ्ट खानेपानीको संसद शाहद्वारा अनुगमन


दुर्गा विसि, सल्यान÷१९ माघ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा ७ लेखसंग्रहीमा वृहत् लिफ्ट खानेपानी आयोजनाको प्रदेश सभा सदस्य गुलावजंग शाहले अनुगमन गरेका छन् । पेदि खोला मुहानबाट ६ सय १० मिटर उचाइमा उक्त पानी पुर्याइ मैदु, संग्रहि, काँरागाउँ, गैरीकटेरि, घाँजरी, सिम्तिगैरा लगाएतका ४ सय घरधुरीको ३ हजार वढि नागरिकहरुले आयोजना सम्पन्नता भए पश्चात् खानेपानी चरम संकट निराकरण हुने भएको छ ।
३ वटा ट्यांकि १ लाख लिटर क्षमताको र पाइपलाइनको काम यसै वर्ष सम्पन्न हुने समितिका अध्यक्ष पहल सिंह खत्रीले बताए । क्रमागत रुपमा प्रदेश संसद गुलाव जंग शाहले कर्णाली प्रदेश सरकारको विनियोजित वजेटबाट उक्त रकम विनियोजन गरिएको बताए ।
समुद्र सतहबाट १५ सय ५५ मिटरको उचाइमा रहेको यो भुभाग खानेपानीको चरम संकटका रुपमा रहेको छ । खानेपानी नहुदा त्यहाँका अधिकांश वस्तिका नागरिक वसाइसराइ गरि वेसितिर झर्नेको संख्या उल्लेख्य छ । आव ०७७÷०७८ मा ३३ लाख र क्रमागत रुपमा जम्मा ५ करोड रकम वजेट विनियोजन भएको छ । भुमि कन्स्ट्रक्सन प्रालि रोल्पाले उक्त काम निर्माणको जिम्मा पाएको छ ।

संग्रही वृहत् लिफ्ट खानेपानीको संसद शाहद्वारा अनुगमन

YUGAAWHAN NATIONAL DAILY (2077-10-19)

संग्रही वृहत् लिफ्ट खानेपानीको संसद शाहद्वारा अनुगमन

कर्णालीका विकास साझेदारसंग योजना आयोगको छलफल

Leave a comment

Your email address will not be published. Required fields are marked *