बनगाड कुपिण्डेमा खतरा बढेपछि जिल्लाबाट एम्बुलेन्स
दुर्गा विसी
सल्लीबजार, १८ जेष्ठ ।
सल्यान पश्चिममा कोरोना संक्रमितको संख्या अझै वढ्ने अनुमान गरिएको छ । कोरोना संक्रमित तथा विरामी बोक्ने एम्बुलेन्स नहुँदा छत्रेश्वरी गाउँपालिकाले बनगाड कुपिण्डे नगरपालिकालाई यो महामारीमा सञ्चालनको लागि एम्बुलेन्स दिएको छ । छत्रेश्वरीमा विरामी बोक्ने मात्रै ४ वटा एम्बुलेन्स रहेका छन् ।
स्थानीय तह भएको ४ बर्ष वित्दा समेत नगरले एम्बुलेन्स खरिद नगर्नु भनेको ठुलो विडम्बना हो । विपत्ति तथा महामारीमा नागरिकको लागि चाहिने भनेको अस्पताल र एम्बुलेन्स हो । तर हाम्रो ध्यान सडकमै पुग्यो । एउटै गाउँमा पुग्ने छ ठाउँबाट सडक खनियो, जनप्रतिनिधिलाई छरितो स्वास्थ्य सुविधा र अत्यावश्यक चिज नागरिकका लागि चाहिने साधनतर्फ कसैले सोच्न समेत पाएनन् ।
स्वास्थ्य शाखालाई भने आनावश्यक औषधी खरिदमै ३ वर्ष बित्यो, शाखाको तर्फबाट खासै जनप्रिय योजना नजानु पनि राम्रो सन्देश होइनन् । तर विपद्मा काम लाग्ने भनेको अत्यावश्यक साधान एम्बुलेन्स यतिबेला महत्वपूर्ण मानिएको छ । छत्रेश्वरी गाउँपालिकाको एम्बुलेन्स बनगाड कुपिण्डे नगरपालिकाले प्रयोग गर्ने भएको छ । करोडौंका सडक खन्ने बजेटले न्यूनतमको एम्बुलेन्स खरिद गर्न कसले रोक्यो । तर वनगाड कुपिण्डे नगरपालिकाले भने एम्बुलेन्स खरिदको नगरमा एम्बुलेन्स नहुँदा जिल्लाले बनगाड कुपिण्डे नगरपालिकालाई एम्बुलेन्स पठाएको छ ।
भारतबाट भित्रिएका नागरिक १२ सय नजिक पुगि सकेका छन् भने उनीहरुको पिसिआर चेकजाँचको रिपोर्ट आउन ढिलाई भएको छ । १ हप्ता अघि गरिएको पिसिआर चेकजाँचको ३ सय ९३ जनाको रिपोर्ट आउन अझै ढिला हुने जनाएको छ ।