सोती घटनामा मृतकको संख्या तीन पुग्याे, अझै तीन जना बेपत्ता

जाजरकोट, १३ जेष्ठ ।
पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा शनिवार बेलुका भएको घटनामा बेपत्ता भएका ६ जना मध्य थप एक जनाको सव भेरीको किनारमा फेला परेको छ । भेरी नगरपालिका ४ का गणेश बुढाको सव फेरा खोला नजिक भेरी किनारमा सोमवार फेला परेको हो । यो सँगै मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

यस अघि पस्चिम रुकुमको चौरजहारी नगरपालिकाका वडा नम्वर १ का टीकाराम सुनार र जाजरकोट भेरी नगरपालिका ४ का नवराज विकको सव फेला परिसकेको थियो । रुकुम चौरजहारीका गोपाल बुढाथोकी आईतवार नै सम्पर्कमा आईसकेको जाजरकोटका प्रहरी प्रमुख किशोर श्रेष्ठले बताए । भेरी नगरपालिका वडा नम्वर ११ का लोकेन्द्र सुनार, गोविन्द शाही, वडा नम्बर ४ का सन्दीप विक अझै बेपत्ता छन् । बेपत्ताको खोजी भैरहेको डिएस्पी श्रेष्ठले बताए ।

नवराजकी प्रेमिका पस्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नम्वर ८ सोतीकी १७ वर्षिय सुस्मा मल्ललाइ वेहुलीको रुपमा भित्र्याउन शनिवार १९ जना युवा सहित गाउँ पुगेका वेला वडाध्यक्ष डम्बरबहादुर मल्ल सहित सोतीका गाउँलेहरुले आक्रमण गरेर लखेटी लखेटी आक्रमण गर्दा उनीहरुको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । केही घाईते र सँगै गएकाहरुले पुरै गाँउ नै उर्लेर आएको र घेरा हालेर कुटपिट गरी ६ जनालाई भेरीमा फालिदिएको बताएका छन् । घटन पछि चौरजहारी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष डम्वरवहादुर मल्ल, केटीका (बुवा) वीरवहादुर मल्ल र आमा प्रकाशी मल्ल, नवराजकी प्रेमिका सुष्मा मल्लसहित १५ जनालाई नियन्त्रणमा लिएको छ ।

याे पनि पढ्नुहाेस :

सम्पादकीय : मानवता विरोधी कार्य

‘दुलही लिन गएको छोरो लास बनेर आयो’

साेती घटना : दुइकाे शव फेला, पाँच बेपत्ता, वडा अध्यक्षसहित प्रहरी नियन्त्रणमा

गाउँलेको कुटाइबाट एकको मृत्यु, ६ बेपत्ता

 

 

सोती घटनामा मृतकको संख्या तीन पुग्याे,  अझै तीन जना बेपत्ता

सम्पादकीय : मानवता विरोधी कार्य

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds