सिम्ताबाट प्रमुख प्रशासकीय हमालको विदाई

दुर्गा विसी
सुर्खेत (सिम्ता), २६ असोज ।
सुर्खेत सिम्ता गाउंँपालिका स्थापनाकाल देखिका कार्यालय प्रमुुुख जनक हमालको विदाई गरिएको छ । स्थानीय तह स्थापना भएको दुई महिनापछि २०७३ चैत महिनादेखि हालसम्म प्रमुख प्रशासकीय अधिकृत भई काम गर्दै आएका थिए । कुशल प्रशासन सञ्चालन गर्नुभएका हमालको सोमबार औपचारिक समारोह विच भव्य कार्यक्रमकासहित सम्मानित स्वरुप विदाइ गरिएको छ ।

विदाइ कार्यक्रमलाई भनाई राख्ने बक्ताहरुले उहाँको कार्यशैलीले सिम्तामा निकै प्रभाव पारेको बताए । गाउँपालिकाको राम्रा पक्षको विकास निर्माणमा पारदर्शिता, सिम्ता उज्यालो कार्यक्रम, गाउँपालिका भवन निर्माणको शुरूवात, सेवा प्रवाह छिटो छरितो र वडा कार्यालयसम्म पहुँच मार्गको शुरूवात गर्ने कुरामा हमालको महत्वपूर्ण कदम छ नितिगत कुरामा उहाँले निकै राम्रो विधि बसाउनु भएको थियो ।

सुधार गर्नुपर्ने पक्ष कार्यकर्ता केन्द्रीत नभएर नागरिक केन्द्रित र साझा रूपमा जनप्रतिनिधिले काम गर्नुपर्ने, निति बिधि भित्र रहेर कर्मचारी र जनप्रतिनिधिले काम गर्नुपर्ने, सरकारको अनुभुति नागरिकलाई हुने गरी काम गर्ने सुझाबसमेत राख्नु भएको थियो । साथै आफु पनि स्थानीय भएकोले जिम्मेवारीबाट विदाई भएपनि सेवाग्राहीको रूपमा सम्बन्ध रहिरहने जानकारीसमेत गराउनु भएको थियो ।

उहाँको विदाइले कार्यक्रम उपस्थित महानुभावहरु भावुक बनेका थिए । गाउँपालिकाबासी भएकोले पनि हमालले सिम्तामा राम्रो काम गरेको जस गएको छ । कर्मचारीले स्वतन्त्र पूर्वक र विधि सम्वतरुपमा जिम्मेवारी निर्वाह गरेमा कुनै, कसैको विबाद खेप्नु पर्दैन, त्यो कुरा हमालले लागू गरेको स्थानीयको भनाइ थियोे ।

काममा प्रमुख प्रशासकिय अधिकृत हमालको सहयोगले विकास निर्माण कार्यमा सकारात्मक कदम भएको गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीको भनाई रहेको थियोे । हमालको कार्यशैलीको सिम्तामा सबैले प्रशंसा गर्ने गरेका छन् । सिम्ता गाउँपालिकाबाट सुर्खेत मालपोत कार्यालयमा उहाँको सरुवा भएको छ ।

सिम्ताबाट प्रमुख प्रशासकीय हमालको विदाई

नेकपाका प्रमुख सचेतक शाह पदमुक्त

सिम्ताबाट प्रमुख प्रशासकीय हमालको विदाई

भोकमरी लागेपछि चामल खोज्न चार दिन पैदल

Leave a comment

Your email address will not be published. Required fields are marked *