नेकपाका प्रमुख सचेतक शाह पदमुक्त

सुर्खेत, २६ असोज ।
कर्णाली प्रदेशमा नेकपाभित्र देखिएको विवाद उत्कर्षमा पुगेको छ । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका समर्थक र राजिनामा माग्ने सांसदहरुवीच विवाद देखिएको हो । नेकपा संसदीय दलको नेताबाट मुख्यमन्त्री शाहीको राजिनामा माग भएपछि विवाद बढेको हो । माग्दै संसदीय दलभित्र १८ जना सांसदले हस्ताक्षरसहित प्रमुख सचेतक गुलावजंग शाहलाई बुझाएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभा दलका नेता एवं मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले प्रदेश सभा सदस्य एवं दलका प्रमुख सचेतक गुलावजंग शाहज्यूलाई जिम्मेवारी मुक्त गराएका छन् । आफ्नो विरुद्ध हस्ताक्षर संकलन गर्दै सरकार विरोधी गतिविधिमा सहभागि भएको भन्दै प्रमुख सचेतक शाहलाई जिम्मेवारी मुक्त गरिएको जनाइएको छ । प्रमुख सचेतकमा नेकपा संसदीय दलका सचेतक सिता कुमारी नेपालीलाई जिम्मेवारी तोकिएको छ ।

प्रदेश सभा दलकाे विधान ७ अनुसार प्रमुख सचेतक नियुक्त गरिएकाेमा तपाइका काम कारवाही सन्ताेषजनक नभएकाेले अाजसम्म गरेकाे कामलाइ धन्यवाद दिँदै नेपाल कम्यूनिष्ट पाटी (नेकपा) प्रदेशसभा दलकाे प्रमुख सचेतककाे जिम्मेवारीबाट पदमुक्त गरिएकाे पत्रमा उल्लेख गरिएकाे छ ।

नेकपाका प्रमुख सचेतक शाह पदमुक्त

ओली र प्रचण्डबीच छलफल, शाही विरुद्ध परेको

नेकपाका प्रमुख सचेतक शाह पदमुक्त

सिम्ताबाट प्रमुख प्रशासकीय हमालको विदाई

Leave a comment

Your email address will not be published. Required fields are marked *