ओली र प्रचण्डबीच छलफल, शाही विरुद्ध परेको अविश्वास प्रस्ताव फिर्ता गराउन माग

काठमाडौं, २६ असोज ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार बिहान झण्डै सवा घण्टा छलफल भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै सांसदहरुले राखेको अविश्वासको प्रस्तावका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

छलफलमा अध्यक्ष प्रचण्डले अहिलेको अवस्थामा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव राख्नु ठिक नभएको भन्दै अर्का अध्यक्ष ओलीलाई उक्त अविश्वास प्रस्ताव फिर्ता गराउन आग्रह गरेको स्रोतले जनाएको छ ।

अध्यक्ष प्रचण्डले अध्यक्ष ओलीसँग कर्णाली प्रदेशमा देखिएको अहिलेको अवस्था समाधान नगरे यस्तै गतिविधी अन्य प्रदेशमा पनि देखिने र यसले एकतामा आँच पुग्ने बताए । प्रधानमन्त्री ओलीलाई भेट्न जानुअघि सोमबार बिहानै दाहालले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग आफ्नै निवास खुमलटारमा छलफल गरेका थिए । मुख्यमन्त्री शाहीविरुद्ध राखिएको अविश्वास प्रस्तावमा नेपाल निकट सांसदहरुले पनि हस्ताक्षर गरेका छन् ।

कर्णाली प्रदेश नेकपामा सांसदहरुले मुख्यमन्त्री शाहीलाई संसदीय दलको नेताबाट हटाउन प्रस्ताप पेस गरेपछि राष्ट्रिय राजनीतिमा तरंग उत्पन्न भएको छ । प्रदेशमा नेकपाको कुल ३३ सिट रहेको छ । अविश्वास प्रस्तावमा नेकपाका कुल ३३ सांसद मध्ये १८ जनाले हस्ताक्षर गरेका छन् ।

ओली र प्रचण्डबीच छलफल, शाही विरुद्ध परेको अविश्वास प्रस्ताव फिर्ता गराउन माग

दशैंको मुखमा पनि हुम्लाको लिमीमा छैन खाद्यान्न

ओली र प्रचण्डबीच छलफल, शाही विरुद्ध परेको अविश्वास प्रस्ताव फिर्ता गराउन माग

नेकपाका प्रमुख सचेतक शाह पदमुक्त

Leave a comment

Your email address will not be published. Required fields are marked *