रुकुम पश्चिमका सबै स्थानीय तहमा केन्दीय प्रसारण लाईन बिस्तार हुँदै

प्रचण्ड खत्री ।

रुकुमपश्चिम, २५ असोज ।

रुकुम पश्चिमका सबै स्थानीय तहमा केन्दीय प्रसारण लाईन बिस्तार भैरहेको छ । ३ गाउँपालिका र ३ नगरपालिका भएको जिल्लामा अहिले विधुत प्रसारण काम धमाधम काम भैरहेको छ । बिजुली नपुगेका ठाउँमा पुस महिना सम्म लाईन बिस्तार गरिसक्के योजना रहेको छ ।

अहिले ७७ प्रतिशत वडामा बिजुली बजिसकेको रुकुम वितरण केन्द्रले जनाएको छ । सानीभेरी गाउपालिकाको वडा नम्बर ९ सिम्लिमा दशैँ सम्म केन्दीय लाईनको बत्ती बल्ने गरी काम चलिरहेको र त्यस आसपासका ठाउमा बिजुली बलिसकेको छ । गाउँपालिकाकै वडा नम्बर १ चाईनाबगर र वडा नम्बर २ को गिठाकोट काम चलिरहेको छ ।

त्यस ठाउमा पनि दशैँ सम्म बिजुली बल्ने योजना रहेको रुकुम पशिम वितरण केन्द्रले बताएको छ । त्यस्तै बाफिकोट गाउँपालिकाका ९ वडामा केन्दीय प्रसारणको बत्ति बलि सकेको र वडा नम्बर ७ मा काम सम्पन्न भैसकेको र केहि हप्तामा बत्ति बल्ने वडा अध्यक्ष नर बहादुर खत्रीले बताए ।
त्यस्तै मुसिकोट नगरपालिकाका १३ वडामा केन्दीय प्रसारण लाईन पुगिसकेको छ भने बाकि १४ नम्बर वडामा काम अगाडी बढिसकेको र दोपाई र त्यस आसपासका ठाउमा दशैँ लगतै केन्दीय प्रसारण लाईनको बत्ति बल्ने रुकुम वितरण केन्द्रका प्रमुख भटराईले बताए ।

चौरजहारी नगरपालिकामा नगरपालिका आसपासका ठाउमा मात्र प्रसारण लाईन पुगेको छ भने वडा नम्बर ५ , ६ , ७ , १० , ११ र १२ वडामा काम अगाडी बढिरहेको र अबको केहि महिनामा काम सम्पन्न भएका वडाका प्रतेक गाउगाउमा बत्ति बल्ने प्रमुख भटराईले बताए । त्रिबेणी गाउपालिकामा ३ र ४ वडामा केहि हप्ता अगाडी केन्दीय प्रसारण लाईनको बिजुली बलिसकेको र त्रिबेणीका अरु वडामा काम भैरहेको र केहि महिना पछी बिजुली बल्ने गाउपालिका उपाध्यक्ष निर्मला बिस्टले बताइन् ।

आठबिसकोट नगरपालिकामा भने दशैँ लगतै बत्ति बल्ने तयारि भैरहेको छ । वडा नम्बर ९ को राडी बजारमा केहि हप्ता पछी बत्ति बल्ने बताए । वडा नम्बर ९, ११, १२ वडाका सबै टोलमा दशैँ सम्म बत्ति बल्ने भएपछी त्यहाका नागरिक खुसि भएका छन् । वडा नम्बर १,२ र ३ नम्बर वडामा अहिले काम भैरहेको र दशैँ लगतै स्यालाखदिका सबै टोलमा बत्ति बल्ने भएपछी स्थानीय खुसि भएको वडा नम्बर ३ का वडा अध्यक्ष केशरमान बिकले बताए ।

गत आर्थिक बर्षमा रुकुम पशिममा २५ करोड नेपाल सरकारको ग्राबी अन्तरगत बजेट आएर रुकुम पशिममा धेरै जसो वडामा बिजुलीका तार, पोल खरिद गरि बिजुली बिस्तारमा खर्च गरिएको छ । बाफिकोट गाउपालिका वडा नम्बर ३ मा रहेको स्यार्पुदह साना जलविधुत केन्द्र २०० किलोवाट रहेको छ । यस केन्द्रले बाफिकोट गाउँपालिकाका सबै वडामा र सदरमुकाममा केन्दीय प्रसारण लाईनको अभाब भयो भने सदरमुकाम सम्म यो केन्द्रको लाईन जोडिएको प्रमुख भटराईले बताए । बाफिकोट १ मा रहेको नभ भिजन जलबिद्युत सहकारी संथाले वडा नम्बर १ र रुकुम पुर्ब सिस्ने गाउँपालिका वडा नम्बर ३ , ४, , ५ र ६ वडामा बत्ति बलिरहेको बताएको छ ।

रुकुम पश्चिमको लागि केन्द्रबाट आउने केन्दीय प्रसारण स्थेसन सल्यानको सितलपार्टीमा ११ केबीको करिब ८६ किलोमिटर पछी रुकुम पशिममा केन्दीय प्रसारण लाईन पुगेको छ । साउन भदैमा पटकपटक बिजुली जाने गरेता पनि पछिल्लो समय बिजुली नगएको भटराईको भनाई छ । रुकुम पश्चिमको वितरणका लागि मुसिकोट नगरपालिकाको धैरेनिचौरमा सब स्टेशण निर्माणाधीन अवस्थामा रहेको छ । स्टेशण निर्माण भएपछी रुकुम पशिमका सबै स्थानीय तहमा विधुत प्रसारणमा सहज हुने बताएको छ ।

रुकुम पश्चिमका सबै स्थानीय तहमा केन्दीय प्रसारण लाईन बिस्तार हुँदै

भेरीगंगा जेसिजले सप्ताह २०७७ कात्तिक १ बाट

1 Comment

  1. BED Prasad Oli
    16th Oct 2020 Reply

    रुकुम पश्चिम मा सन्चारको पनि समस्या तेतिकै छ ।फोन गर्नु पर्यो भने घरको छतमा जानू पर्छ। सन्चारको राम्रो शुबिधा चाहिँ कहिले होला खै।

Leave a comment

Your email address will not be published. Required fields are marked *