कोरोना कहरमा सल्यानमा पार्टी प्रवेश गराउने होडवाजी

सल्यान, २४ साउन ।
सल्यानमा नेकपा र नेपाली काँग्रेसवीच पार्टीमा नयाँ कार्यकर्ता भित्र्याउने होडवाजी चलेको छ । केही दिन अगाडी नेपाली काँग्रेसले वडानै खाली हुनेगरी नेकपाका कार्यकर्ता पार्टी प्रवेश गराएको थियो । काँग्रेसको पार्टी प्रवेशले त्रसित बनेका नेकपा नेता प्रकाश ज्वाला, गुलावजंग शाह, टेक बहादुर वस्नेतले कार्यकर्ता नेकपा फर्काउन किस्ता किस्तामा मेहनत गर्नुपरेको छ ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा कर्णाली प्रदेशका सह–ईन्चार्ज प्रकाश ज्वालाले कुनै पनि हालतमा नेकपा नफुट्ने बताउनुभएको छ । देशलाई बिकास र समृद्धिको अभियानमा लैजानको लागी तत्कालिन नेकपा एमाले र नेकपा माओवादी बीच एकता भएको बताउदैँ उहाँले नेकपा फुट्छ कि भनेर तरंगित र हतोत्साहित नहुन आग्रह गर्नुभएको हो । शनीवार सल्यानको शारदा नगरपालिका ६ सापमारामा आयोजित कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘अहिले नेकपा फुट्छ कि भनेर शंका गर्ने बेला होईन, तपाई ढुक्क हुनुहोस, म दृढतापूर्वक भन्न चाहन्छु कुनै पनि हातलमा पार्टी फुट्दैन’ उहाँले भन्नुभयो । पार्टी र सरकारले गरेका काम कारवाहीमा केही असन्तुष्टि रहे पनि पार्टीको शिर्ष तहबाट नै समाधान खोजिने उहाँको भनाई छ । उहाँले पार्टीलाई एकताबद्ध गरी राष्ट्र र जनताको आवश्यकतामा सञ्चालन गर्न नेकपाका आम नेता कार्यकर्तामा गम्भीर जिम्मेवारी आएको बताउनुभयो ।

‘नेकपा सबै भन्दा ठूलो शक्ति हो, ठूलो पार्टीमा स–साना समस्या देखिनु सामान्य कुरा हो, पार्टीभित्र देखिएको विवाद सामान्य भएकाले विचार र विमर्शका माध्यमबाट समाधान गरिन्छ’ उहाँले भन्नुभयो । आमकार्यकर्ता र जनताको आग्रह अस्वीकार गर्ने अधिकार कुनै नेता विशेषलाई नभएकाले पार्टी नफुट्ने उहाँको भनाई छ ।

त्यस्तै नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज टेक बहादुर बस्नेतले पार्टीको निति, बिधि र पद्धतिमा रहेर काम गर्न आम कार्यकर्तालाई आग्रह पनि गर्नुभएको छ । विकास र समृद्धिको काम गर्ने भनेर जनताले नेकपालाई बिश्वास गरेको बताउदैँ उहाँले पार्टी र सरकारले गरेका हरेक गतिविधिलाई जनस्तरसम्म लैजान निर्देशन दिनुभएको हो ।

पछिल्लो समय नेकपामा सामान्य बिवाद देखिएको बताउदैँ बस्नेतले नेकपा सबैको साझा पार्टी भएकाले गोलपद्ध भएर पार्टीको निति र बिधि अनुसार समस्याको समाधान गरेर अगाडी बढ्ने बताउनुभयो । नेकपाको लोकप्रियता देखेर कयौँ मान्छेहरु आत्तिएको बताउदैँ उहाँले देशमा सुशासन कायम गर्दै देशलाई बिकास र समृद्धिको पथमा हिडाउने पार्टी नेकपा भएको बताउनुभयो ।

कार्यक्रममा नेकपाका प्रदेश कमिटी सदस्य लोक बहादुर डाँगी, हरी केसी, शारदा नगर कमिटी अध्यक्ष नविन सिंह भडेँल, जिल्ला कमिटी सदस्य रमेश कुमार गौतम, राम खड्की, प्रमोद श्रेष्ठ, कल्पना सेजवाल, तिलक बिक, मनोज सिंह लगायतले बोल्नुभएको थियो । कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा नेपाली काँग्रेस छोडेर १ सय २ जनाले नेकपामा प्रवेश गरेको जिल्ला कमिटी सदस्य रमेश कुमार गौतमले जानकारी दिनुभयो । नवप्रवेशीहरुलाई ज्वाला र बस्नेतले पार्टीमा स्वागत गर्नुभएको हो । डम्वर सिंह तिरुवाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बलीराम सुनारले गर्नुभएको थियो ।

कोरोना कहरमा सल्यानमा पार्टी प्रवेश गराउने होडवाजी

हाम्रो कृषि तथा पशुपालन सहकारीको साधारणसभा

कोरोना कहरमा सल्यानमा पार्टी प्रवेश गराउने होडवाजी

कर्णालीमा संक्रमण थोरै, तर जोखिम धेरै

Leave a comment

Your email address will not be published. Required fields are marked *