बनगाड कुपिण्डे हाललाई कोरोना मुक्त

दुर्गा विसी
सल्यान, २३ साउन ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको आइसोलेसन कक्ष खालि भएको छ । सबै कोरोना पोजिटिभ निको भएर घर गएपछि आइसुलेसन वार्ड खाली भएको हो । यस नगरमा भारत तथा अन्यमुलकबाट ३ हजार नागरिक भित्रिएको जनाएको छ । जसमा १ सय ५७ जनालाई रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियोे ।

भारतमा मजदुरी गर्न गएका नागरिकमा ह्वात्तै कोरोना पोजेटिभको संख्या बढेपछि स्थानीयमा निकै त्रास छाएको थियोे । उनीहरु सबैलाई नगरले क्वारेन्टाइनमा राखेको थियोे । कोरोना पोजेटिभ देखिएका सबैलाई आइसुलेअसन राखिएको थियोे । हाललाई बनगाड कुपिण्डे नगरपालिकामा कोरोना कहर केही मत्थर भएको र तत्काल कोरोनामुक्त समेत भएको नगर स्वास्थ्य शाखा संयोजक वासुदेव पोख्रेलले जानकारी दिनुभएको छ । नगरको यथेष्ट तयारीका कारण समुदाय स्तरमा कोरोना फैलनबाट बचाएको पोख्रेलको भनाइ छ ।

भारतबाट आएका नागरिक व्यवस्थापन गरि,सबैभन्दा वढि जिल्लामै कोरोना पोजेटिभ देखिए पछि जिल्लामै हल्लिचल्ली मचिएको थियोे । तर सबै को सहयोग र हातेमालोमा कोरोना मथर पार्न बनगाड कुपिण्डे नगरपालिका सफल भएको उहाँको भनाइ छ । भारतबाट आएका नगरको क्वारेन्टाइनमा भने अब ३ जना रहेको र आउने क्रम जारी नै रहेको जनाएको छ ।

बनगाड कुपिण्डे हाललाई कोरोना मुक्त

धमाधम चिकित्सक नियुक्ति गर्दै जाजरकोटका स्थानीय तह

बनगाड कुपिण्डे हाललाई कोरोना मुक्त

YUGAAWHAN NATIONAL DAILY (2077-04-23)

Leave a comment

Your email address will not be published. Required fields are marked *