राजधानी छनोटमा कुनै राजनीतिक आग्रह सारिएको छैन : मुख्यमन्त्री पोखरेल

बुटवल, २० असोज ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको स्थायी राजधानीका लागि प्रस्तावित दाङको भालुवाङ सबै हिसाबले उपयुक्त भएको बताएका छन्।

प्रदेशसभामा जारी छलफलमा सम्बोधन गर्दै उनले प्रदेश राजधानी छनोटमा कुनै राजनीतिक आग्रह नभएको दाबी गरे। प्रदेशको समग्र हितलाई केन्द्रविन्दुमा राखेर राजधानी छनोट गरिएको उनको भनाइ छ।

मुख्यमन्त्री पोखरेलले प्रदेश राजधानी अर्को काठमाडौंजस्तै नहोस् भन्ने सोचेर स्थायी राजधानी दाङको भालुवाङ क्षेत्रमा तोक्ने प्रस्ताव अगाडि सारिएको बताएका छन् ।

ऐतिहासिक, सांस्कृतिक र वैज्ञानिक सबै महत्वका दृष्टिकोणले उपुक्त लागेर भालुवाङलाई राजधानी तोक्ने प्रस्ताव अगाडि सारिएको पनि मुख्यमन्त्री पोखरेलको भनाइ छ ।

भर्जिन ल्याण्डमा नयाँ सोचका साथ शहर विकास गर्ने गरी दाङको भालुवाङ सहितको राप्ती उपत्यकामा राजधानी तोक्ने प्रस्ताव अगाडि सारिएको मन्त्री पोखरेलले बताए ।

राजधानी छनोटमा कुनै राजनीतिक आग्रह सारिएको छैन : मुख्यमन्त्री पोखरेल

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापकमाथि रड प्रहार

राजधानी छनोटमा कुनै राजनीतिक आग्रह सारिएको छैन : मुख्यमन्त्री पोखरेल

प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी

Leave a comment

Your email address will not be published. Required fields are marked *