प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी पारित

बुटवल, २० असोज ।

प्रदेश ५ को स्थायी राजधानी दाङ र अर्घाखाँचीका पालिकाहरू छोएको राप्ति नदीको किनार देउखुरी उपत्यका राख्ने प्रस्ताव प्रदेशसभाबाट पारित भएको छ। मंगलबार भएको मतदानमा प्रदेशसभाका बहुमत सदस्यले सरकारले प्रस्ताव गरेको राजधानीकै पक्षमा मतदान गरेपछि प्रस्ताव पारित भएको हो।


प्रस्तावित राजधानी देउखुरी उपत्यकाको पक्षमा र ६९ मत र विपक्षमा १३ मत परेको थियो। प्रदेशसभामा भएका कुल ८७ जना सांसदमध्ये मतदानमा ८२ जनाले भाग लिएका थिए।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने सोमबार प्रस्तावित नाम र राजधानीको विरोध गर्दै नाराबाजी र तोडफोड समेत गरेको थियो।  सरकारले प्रदेशसभामा दर्ता गराएको नाम र राजधानीको प्रस्ताव पारित गराउनका लागि सत्तारुढ दल नेकपाले ह्विप नै जारी गरेको थियो।

प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी पारित

राजधानी छनोटमा कुनै राजनीतिक आग्रह सारिएको छैन

प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी पारित

चन्दननाथ मन्दिरबाट चोरी भएको मुर्ति तीन वर्षपछि

Leave a comment

Your email address will not be published. Required fields are marked *