कर्णालीका पहिलो कोरोना संक्रमित: बनबासामा ४५ दिन रोकिए, ५३ जना एउटै बसमा फर्किए

सुर्खेत, ६ जेठ । 
कर्णाली प्रदेशका पहिलो कोरोना संक्रमति भारतबाट गाउँ फर्किका सिमानामा ४५ दिन रोकिएको पाइएको छ । चैत १४ गते नेपालको सिमाना (भारतको बनबासा) आइपुगेका उनी ४५ दिनसम्म त्यही रोकिएका थिए । दैलेखको आठविस नगरपालिका–१ सात्तला ३५ वर्षिय ४५ दिनपछि अर्थात बैशाख ३१ गतेमात्रै सिमानाबाट नेपाल प्रवेश पाएका थिए । नगरपालिको तयार पारेको ट्राभलहिस्ट्रीको हेर्दा संक्रमतिसँगै ५३ जना व्यक्ति एउटै बसमा नेपाल फर्किएको पाइएको छ ।

आठविस नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष पर्वसिंह विश्वकर्माले दिएको जानकारी अनुसार आठविस वडा नम्बर १ का ३९ जना, दैलेखकै ठाँटीकाँध गाउँपालिकाको ८ जना, दुल्लु नगरपालिका, चामुन्डाविद्रासैनी नगरपालिकाका १÷१ जना, र बर्दियाका ४ जनागरी कुल ५३ जना व्यक्ति एउटै बसमा फर्किएका थिए । ‘सरकारले सिमानामा आएका नागरिकलाई उद्दार गर्ने भनेपछि बस पठाएर ल्याएका हौँ ।’ वडाध्यक्ष विश्वकर्माले भने ‘महेन्द्रनगरको कड्डाचौकीबाट ४९ जना दैलेखका र ४ जना बर्दियाका एउटै गाडीमा आएका फर्किएका हुन् ।’

बर्दियाका ४ जना नागरिकहरु भने भुरीगाउँ झरेका थिए । उनीहरुको पुरानो सात्तला नै हो । ‘बर्दिया झरेका नागरिकहरु पनि पहिले सात्तलाबाटै बसाइ सरेर गएका हुन्’ उनीले भने, ‘भारतमा पनि एउटै कोल्ड स्टोरमा काम गर्थे ।’ रोजगारीका लागि फागुनमा भारतको आगरा पुगेको ५३ जना नै आलुको कोल्डस्टोरमा लोडिङको काम गर्दै आएका थिए । त्यहाँ कोरोनाको त्रासपछि लकडाउन भएको ३ दिनपछि अर्थात चैत १४ गतेसाँझ बनबासा आइपुगेका थिए । लकडाउनका कारण नेपाल प्रवेश नपाएपछि बनबासाकै क्वारेन्टाइनमा ४५ दिन बसेका थिए । ४६ औं दिन (बैशाख ३१ गते) दिउँसो भारतको प्रशासनले महेन्द्रनगरको गड्डाचौकीमा पु¥याइ दिएको थियो । सोही दिन नगरपालिकाले गाडीको व्यवस्थापन गरी राती ३ बजे गाउँपालिकाले तयार पारेको लक्ष्मी माध्यमिक विद्यालयको क्वारेन्टाईनमा पु¥याएको थियो ।

कोरोना संक्रमित भेटिएपछि आठबीसको वडा नं. १ सिल 

कर्णाली प्रदेशमा पहिलो कोरोना संक्रमित भेटिएको वडालाई सिल गरिएको छ । दैलेख जिल्लाको पश्चिम क्षेत्रमा पर्ने आठबीस नगरपालिका वडा नं. १ लाई सील गरिएको वडा नम्बर १ का वडाध्यक्ष पर्वसिंह विश्वकर्माले जानकारी दिए । सोमबार बसेको नगरकार्यपालिकाको आकस्मिक वडालाई नै सिल गरेहो । ‘कोरोनाको संक्रमण फैलिन वडालाई नै सिल गरेको छौँ’ उनले भने ‘भारतबाट आएका ३९ जनालाई एउटै क्वारेन्टाइनमा राखेका छौँ ।’ कोरोना संक्रमित व्यक्तिको स्वास्थ्य अवस्थासमेत सामान्य रहेको उनको भनाइ छ ।

‘कोरोना संक्रमितलाई सामान्य ज्वरोसमेत आएको छैन’ उनले भने, ‘प्रदेश अस्पताल सुर्खेतमा लैजाने वा जिल्ला अस्पतालको आइसोलेसनमा राख्ने भनेर भोलीमात्रै टुङ्गाउने छौँ ।’ संक्रमितको अवस्था सामान्य रहेको भन्दै मंगलबारमात्रै आइसोलेसनमा राखिने उनको भनाइ छ । संक्रमितसँगै सोही वडाका ३९ जना जेठ १ गाउँ पुगेको थिए । उनीहरु सबैलाई लक्ष्मी माध्यमिक विद्यालयको क्वारेन्टाईनमा राखिएको छ ।

तपाईको प्रतिक्रिया