घाइते अध्यक्ष बम र उनकी श्रीमतीको हेलिकप्टरबाट उद्धार

तुलराज पाण्डे

कालिकोट, २८ बैशाख ।

कालिकोट जिल्लाको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणवहादुर बम माथि आक्रमण भएको छ । वन्दावन्दी खुकुलो भएसंगै वडा नं २ को राडुनेटामा स्र्काभेटर सहित सडक खन्न पुग्नु भएका गाउँपालिका अध्यक्ष माथि नेकपाका गाउँ कमिटिका अध्यक्ष बिस्नु रोकाया (इन्द्र) र वडा नं १ का वडा अध्यक्ष मानवहादुर भण्डारी (वासिन्दा)को योजनामा अध्यक्ष माथि आक्रमण भएको वताईएको छ ।

आक्रमणवाट घाइते अध्यक्ष बमकी श्रीमती कोरीकला बमलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत उद्धार गरी सुर्खेत लगिएको छ । टाउँकोमा गम्वीर चोट भएकाले खतरा रहेको चिकित्सकले वताएका छन । अहिले सुर्खेतमा रहेको प्रदेश अस्पतालमा उपचार भईरहेको छ । वडा नं २,३ र ४ को वाटो खन्न गाउँपािलकाले सुरु गर्न थालेपछि डोजर लगाएर वाटो खुन्न नपाईने भन्दै अध्यक्ष माथि आक्रमण भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख श्यामवावु ओलियाले गाउँपालिका अध्यक्ष लक्ष्मणवहादुर बम र उहाँको श्रीमती लगाएत केही घाईते भएको वताउनुभयो । उहाँहरुको उपचार राडुनेटामा रहेको स्वास्थ्य चौकीमा भईरहेको थियो । आज हेलिकोप्टरले अध्यक्ष पत्नी बमलाई हेलिकोप्टर मार्फत उद्धार गरिएको छ भने अन्य सामान्य घाइतेहरुको जिल्लाका स्वास्थ्य चौकीमै उपचार भईरहेको छ ।

थिर्पु प्रहरी चौकीमा रहेका प्रहरीले भिडलाई नियन्त्रण गर्न नसकेपछि जिल्लावाट गप सुरक्षाक्रर्मी पठाईयो थियो । दुवै पक्षका नागरिकहरुको भिड भएकाले थप झडव हुन सक्ने अवस्था रहेकाले जिल्लावाट प्रहरी निरिक्षक इन्द्रवहादुर मल्लको नेतृत्वमा एक टोली र शशस्त्र प्रहरी इन्सेपेक्टरको नेतृत्वमा अर्को टोली गरेर दुई टोली पलाँता पठाईएको थियो ।

गाउँपालिका अध्यक्ष बम र नेकपा पलाँताका अध्यक्ष वडा नं १ का अध्यक्ष लगाएतको बिचको द्धन्द्ध पुरानो रहेको थियो । गाउँपालिका अध्यक्ष साविकको नेकपा माओबादीवाट टिकट लिएर अध्यक्ष जित्नु भएको हो । भने, रोकाया र भण्डारी पनि नेकपा माओबादीकै पुर्व कार्यकर्ता हुन । नेकपा कालिकोटका अध्यक्ष धनजित शाही(आदर्श)लेपार्टीको आन्तरिक बिवाद भएकाले आन्तरिक रुपमै समाधान हुने वताउनुभयो ।

तपाईको प्रतिक्रिया