गाउँपालिकाका अध्यक्ष बम माथि हातपात, स्थिति तनावग्रस्त

तुलराज पाण्डे

कालीकोट, २८ बैशाख ।

कालिकाेट जिल्ला पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम पलाति कान्छा माथि हातपात भएकाे छ । सडक निर्माणको क्रममा भएको वादविवादले ठुलो रुप लिएपछि गाउँ पालिका अध्यक्ष बममाथि हात भएकाे हाे । स्थानिय र अध्यक्ष बमकाे बिवादले उग्र रूप लिएपछि झडप भएकाे स्थानियले बताएका छन । झडपका क्रममा आधा दर्जन घाईते भएको बताइएको छ ।

स्थानिय बासिका अनुसार राडुनेटा देखि धौलागाउँ हुंदै खिन छहड्नेसम्मको सडक निर्माणका क्रममा सो विवाद भएको बुझिएको छ ।झडपका क्रममा स्थानिय वासि र पलांतागाउँ पालिका अध्यक्ष लक्ष्मण बम लगायतको कार्यदल विच झडप हुदा आधा दर्जन घाईते भएका छन ।

दुबै पक्षका घाइेत भएको स्थानियले टेलिफोन मार्फत जानकारी दिएका छन ।नाम नबताउने सर्तमा टोलिफोन मार्फत उनले भने लक डाउनको समयमा गाउँपालिका अध्यक्ष लक्ष्मण बमले वडा अध्यक्षलाई जानकारी नदिई काम गर्ने खोजेको भन्दै वडा न. १ का अध्यक्ष मान बहादुर भण्डारीले अध्यक्षलाई हातपात गरेको र त्यसपछि विवाद बढेको बताए ।अबस्था तनाबग्रस्त भएपछि जिल्ला सदरमुकाम मान्मबाट शसस्त्र प्रहरी, रास्कोट र पचालझरना गाउँपालिकाबाट पनि प्रहरीको टोलि पठाइएको बताइएको छ ।

वडा न. १ का वडा अध्यक्ष मान बहादुर भण्डारी र गाउँपालिका अध्यक्ष विचकोे अन्तरद्धन्द विगत लामो समयदेखि हुदै आएको बुझिएकाे छ ।अहिले गाउँपालिका अध्यक्ष बमलाइ स्वास्थ्य चाैकिमा राखेकाे बताइएकाे छ भने उनकी श्रीमती गौरीकला बम घाइते भएका छन् । हातपात गर्ने वडा अध्यक्ष मान बहादुर भन्डारी भने फरार रहेकाे बताइएकाे छ । गाउँपालिका अध्यक्ष र वडाध्यक्ष तत्कालिन नेकपा माओवादी केन्द्रबाट चुनाव लडेका थिए ।

तपाईको प्रतिक्रिया