सुर्खेतले जित्यो भलिवलको उपाधी

जाजरकोट : जाजरकोटमा भएको खुल्ला भलिवल प्रतियोगिताको उपाधी सुर्खेतले जितेको छ । यो प्रतियोगिताको उपाधी सुर्खेतको चुली युवा क्लबले हात पारेको हो । जितसँगै एकलाख पचास हजार रुपैयाँ नगदसमेत क्लवले हात पारेको छ ।

जाजरकोटस्थित शसस्त्र प्रहरी बल एपीएफलाई पराजित गर्दै चुली युवा क्लब विजयी भएको हो । खलंगा थाप्लेचौरस्थित खेल मैदानमा बेस्ट अफ फाइभमा खेलाइएको फाइनल खेलमा ३–१ ले सुर्खेतले जित निकालेको हो । २५–१७, २५–१७, १९–२५ र २५–१८ को सेटमा एपीएफ पराजित भएको आयोजकले जनाएको छ । द्वतिय भएको एपीएफले नगद एकलाख हात पारेको छ ।

भलिवल प्रतियोगितामा तृतिय भएको नेपाली सेनाको ज्वालादल गणले ५० हजार रुपैयाँ पाएको छ । सात टिमको सहभागीता रहेको भलिवल प्रतियोगिता लिक कम नकआउटको नियमअनुसार खेलाइएको रेफ्री मनोज शाहले बताए । भलिवल प्रतियोगितामा स्थानीय क्लव, विभिन्न पालिका, नेपाली सेना र छिमेकी जिल्लाका टिमहरु सहभागी रहेका थिए ।

गत १२ पुस गतेदेखी भएको खेलको फाइनल खेल बुधबार भएकोे हो । जाजरकोटमा अहिलेसम्म आयोजना गरिएका खेल मध्ये यो सर्वाधिक राशीको पुरस्कार हो । भलिवल खेलको विकास गर्न तथा सक्षम खेलाडीहरु उत्पादनको अवसर सिर्जना गर्न ठुलो राशीको पुरस्कार राखेर प्रतियोगिता आयोजना गरिएको आयोजकले बताए ।

सुर्खेतले जित्यो भलिवलको उपाधी

2076-09-17

Leave a comment

Your email address will not be published. Required fields are marked *