सात हजार बढीलाई आँखा उपचार सेवा

शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित सृजनशील बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत सात वर्षदेखि आँखा उपचार केन्द्र सञ्चलन गर्दै आएको छ । शुक्लाफाँटा नगरपालिका, धनगढीस्थित च्यारेटी हेल्थ फाउण्डेसनको प्राविधिक सहयोगमा सहुलियतमा सर्वसाधारणलाई आँखा उपचार सेवा प्रवाह गर्दै आएको हो । हप्ताको छ दिन केन्द्र सञ्चालन हुँदै आएको छ । सहकारीका अध्यक्ष शिवराज भट्टका अनुसार केन्द्रबाट एक […]

आँखा उपचार केन्द्रबाट उद्घाटन सत्रकै दिन १ सय १९ जनाले लिए सेवा

देवस्थलमा बिहिवार उद्घाटन भएको आँखा उपचार केन्द्रमा १ सय १९ जनाले सेवा लिएका छन् । सल्यान बनगाड कुपिण्डे नगरपालिकामा बिहिवार देखि विधिवतरुपमा आँखा उपचार केन्द्रको उद्घाटन गरिएको छ । बनगाड कुपिण्डे नगरपालिका र नेपाल रेडक्रस सोसाइटि आँखा अस्पतालको सयुक्त सहकार्यमा देवस्थलमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । उक्त अवसरमा उद्घाटन सत्रमा आज आँखाका विरामिहरुको […]

आँखा उपचार केन्द्र सञ्चालनका लागि त्रिपक्षीय सम्झौता

सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालन हुने भएको छ । बनगाड कुपिण्डे नगरपालिकाको साझेदारी,आँखा अस्पताल सुर्खेत प्राविधिक सहयोग र रेडक्रस उप शाखा देवस्थलको समन्वयमा आँखा उपचार केन्द्र सञ्चालनका लागि मंगलवार त्रिपक्षीय सम्झौता भएको छ । बनगाड कुपिण्डे नगरपालिका,सुर्खेत आँखा अस्पताल र रेडक्रस उप शाखा विच आज त्रिपक्षीय सम्झौता भएको छ । सामान्य उपचारका […]