प्रधानमन्त्रीले आज कर्णाली प्रदेश सभालाई सम्बोधन गर्दै

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कर्णाली प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराह्न २ बजे प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश सभालाई सम्बोधन गर्ने भएका हुन् । योसहित प्रधानमन्त्री ओली आज सुर्खेतमा विभिन्न कार्यक्रममा सहभागी हुँदै छन् । उनले प्रदेशसभामा सम्बोधन गर्नुअघि मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुँदै छन् […]

कर्णाली प्रदेशमा साइबर अपराधका घटनाहरु बढ्दै

सूचना प्रविधिको विकाससँगै कर्णाली प्रदेशमा साइबर अपराधका घटनाहरु बढ्दै गएका छन् । पछिल्लो तीन वर्षमा कर्णाली प्रदेशमा ६ सय १० वटा साइबर अपराधका घटनाहरु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । साइबर अपराधका घटनासँग सम्बन्धित प्राप्त निवेदनहरुलाई चार भागमा वर्गिकरण गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी नारायण डाँगीले बताए । डाँगीकाअनुसार अश्लिल […]

सम्पादकीय : काम नगर्नेलाई बिदा गर !

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर क्षेत्रका १५ वटा भित्रि सडकहरु लामो समयदेखि अलपत्र अवस्थामा छन् । प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय मातहतको पूर्वाधार निर्देशनालयबाट १२ करोड ९४ लाख लागतमा ठेक्का सम्झौता भएका सडकहरु एक व्यक्तिका कारण अलपत्र अवस्थामा छन् । निर्माणको जिम्मा लिएका नेपाली कांग्रेसका संघीय सांसद एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर […]

जाजरकोटका सरकारी निकायलाई बजेट समयमै कार्यान्वयन गर्न निर्देशन

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजिब विक्रम शाहले जाजरकोटका सरकारी निकायहरूलाई बजेटको समयमै कार्यान्वयन सुनिश्चित गर्न निर्देशन दिएका छन् । जाजरकोटमा आयोजित बार्षिक प्रगति समीक्षा बैठकमा सम्बोधन गर्दै मन्त्री शाहले आर्थिक तथा वित्तीय सुशासन कायम राख्नुपर्नेमा जोड दिएका छन् । मन्त्री शाहले स्थानीय तहबाट सिफारिस गरिएका योजना आवश्यकतामा आधारित हुनुपर्ने र विनियोजन भएको […]

सम्पादकिय : अब नागरिक पनि सचेत हुने की ?

आइतबार बिहानदेखि सिङ्गो कर्णाली प्रदेश नै विद्युतको राष्ट्रिय प्रशारणबाट अलग बन्यो । आइतबार बिहान पाँच बजेबाट अवरुद्ध भएको विद्युत सेवा झण्डै ३९ घण्टा बित्दासमेत नियमित नहुँदा यहाँका नागरिक उकुसमुकुस बन्नपुगे । कोहलपुर–सुर्खेत प्रशारण लाईन अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जको बबई क्षेत्रमा रुख ढलेर विद्युत सेवा पूर्णरुपमा अवरुद्ध बनेको सूचना नेपाल विद्युत प्राधिकरण सुर्खेतले आइतबार बेलुका मात्रै […]

कर्णालीका शहीदको तस्वीर हरेक मन्त्रालयमा राखिने

कर्णाली प्रदेश स्थापना आन्दोलनका क्रममा ज्यान गुमाएका ४ जनाको तस्वीर प्रदेशका मन्त्रालय र मातहतका कार्यालयमा अनिवार्य रुपमा राखिने भएको छ । भदौ २ गते बसेको बैठकले उक्त निर्णय गरेको प्रदेश सरकारले जनाएको छ । प्रदेश स्थापनाको आन्दोलनका क्रममा सुर्खेतका गोपालसिंह रजवार, टीकाराम गौतम, यामबहादुर बिसी र जुम्लामा हरिबहादुर कुँवरले ज्यान गुमाएका थिए । मन्त्रिपरिषद्ले उनीहरुको […]

कर्णाली प्रदेशको समृद्धि र विकासका विषयमा समीक्षा गर्नुपर्ने

कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले संघर्ष र बलिदानबाट प्राप्त कर्णाली प्रदेशको समृद्धि र विकासका विषयमा समीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् । उनले चार जनाको बलिदानबाट प्रदेश स्थापना भएयता जनताको इच्छा र सहिदहरूको सपनालाई कति पूरा ग¥यौं भनेर सोच्ने बेला आएको बताए । ‘स्रोत साधन सम्पन्न भएपनि कर्णाली पछाडि परेको छ, प्रदेश स्थापनापछि अहिलेसम्म […]

भाद्र ४ गते कर्णालीमा सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले भाद्र ४ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ । कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना तथा सहीद दिवसको सन्दर्भ बनाएर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बैशाख २७ गते बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा कर्णाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय […]

कानुनी अल्झन अन्त्य गरेर सेवा प्रवाह गर्न मन्त्री भण्डारीद्वारा निर्देशन

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कानुनी अल्झन सल्टाएर नागरिक सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । शुक्रवार मन्त्रालयमा बसेको प्रदेश बाल अधिकार समितिको पहिलो बैठकमा उनले नगरिकमैत्री काममा कुनै अल्झन नआउने गरी काम गर्न सुझाएका हुन् । “कानुनका कारणले काम भएन भन्ने नहोस्,” उनले भने, “सेवा प्रदायक निकायले नागरिकलाई सेवा दिँदा कानुनी […]

सम्पादकीय : पूर्वाधार कि व्यक्तिगत विकास कार्यालय ?

कर्णालीका बन्दै गरेका, बनेका र बन्ने तरखरमा रहेका विकासका पूर्वाधारहरुको अवस्थाका बारेमा सञ्चार माध्यमको अग्रस्थानमा महत्व पाउँछन । किनकि आधारभूत आवश्यकता पुरा गर्नका लागी आवश्यक पूर्वाधार विकासको जिम्मा पाएका कार्यालय, काम गर्ने जिम्मा पाएका ठेकेदार कम्पनी लगायतको कारणले पूर्वाधार विकासमा भएका सकारात्मक र सुधारात्मक कार्यहरुको समय समयमा समीक्षा हुनु अत्यन्त जरुरी पनि छ । तर […]

जनताको बलिदानले स्थापित भएको कान्छो प्रदेश

कर्णाली प्रदेश स्थापना भएको नौ वर्ष पुरा भएको छ । २३ साउन २०७२ को मध्यराती प्रमुख चार राजनीतिक दलका शीर्ष नेताहरू सम्मिलित विशेष समितिले ६ प्रदेशको सीमाङ्कनसहितको संघीयताको खाका सार्वजनिक ग¥यो । सो खाकामा साविक भेरी अञ्चलका बर्दिया र बाँके बाहेक बाँकी जिल्ला र साविक कर्णालीका पाँच वटा जिल्ला सुदूरपश्चिममा मिसाइएको थियो । मध्यपश्चिमलाई सुदूरपश्चिममा […]

कर्णालीमा सामुहिक दुर्घटना बीमा, विपद् पीडितले पाए ६ करोड राहत

कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्का घटनामा परी ज्यान गुमाएका परिवारलाई ६ करोड बराबरको राहत रकम उपलब्ध गरएको छ । २०७६ चैतदेखि ७ साउन २०८१ सम्म तीन सय ४४ पीडित परिवारलाई प्रदेश सरकारले सामुहिक बीमावापत ६ करोड ८८ लाख रुपैयाँ राहतस्वरुप उपलब्ध गराएको हो । पहिलो चरणमा विभिन्न प्राकृतिक विपद्मा परी ज्यान गुमाएका ५९ जनाका परिवारलाई […]

सम्पादकीय : अस्पतालकै बिजोक छ बिरामीको के होला ?

कर्णाली प्रदेशमा रहेका अस्पतालहरुको भौतिक पूर्वाधार विकासको लागि भएका ठेक्काहरुको प्रगती शुन्य जस्तै छ । तोतिएको समयमा सम्पन्न नभएर उपयोग हुन नपाउनु र कहिले सम्पन्न हुन्छ भन्नेसम्म टुङ्गो नहुनु भनेको प्रगति शुन्य नै हो । कर्णाली प्रदेशमा भएका निर्माणका कामहरु मध्येमा प्रदेश रंगशाला बाहेकका कुनै पनि कामको सन्तोषजनक रुपमा काम भएको छैन । हुन त […]

This will close in 0 seconds