त्रिविविले प्रवासी नेपालीलाई ‘अनलाइन’ मार्फत पढाउने   

काठमाडौँ, १८  चैत । 

त्रिभुवन विश्वविद्यालयले  ‘अनलाइन’मार्फत प्रवासी नेपालीलाई पढाउने भएको छ । नेपाली कामदार जाने देशहरू जापान, कोरिया, दक्षिणपूर्वी एसिया र भारतका उत्तरीक्षेत्रमा कार्यरत प्रवासी नेपालीलाई विश्वविद्यालयले स्नातक तहका विषयहरू अध्यापन गराउने भएको हो ।

त्रिवि उपकुलपतिको कार्यालय कीर्तिपुरमा आज आयोजित छलफलमा उपकुलपति प्राडा दीपक अर्यालले खाडी देशका नेपाली भाषी समुदाय र प्रवासी नेपालीलाई लक्षित गरी तत्कालका लागि व्यवस्थापन सङ्कायअन्तर्गत बिबिएस र  नेपाली भाषा तथा मौलिक संस्कृतिका पक्षहरू समेटेर  प्रयोगात्मक परीक्षा आवश्यक नपर्ने नयाँ शैक्षिक कार्यक्रम निर्माण गरी अनलाइन कक्षा सञ्चालन गरिने बताए ।

विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा खडग केसीले उच्चशिक्षाको आकाङ्क्षा पूरा गर्न नसकी बाध्यात्मक रूपमा विदेशिएका नेपाली लाभान्वित हुन सकून् भनेर गत मङ्सिर १० गतेको त्रिवि सभामा पास भएको नीतिबमोजिम प्रवासी नेपालीलाई समेटेर खुला तथा दुर शिक्षा केन्द्रद्वारा अनलाइन कक्षा सञ्चालन गर्न लागिएको बताए । 

त्रिविविले प्रवासी नेपालीलाई ‘अनलाइन’ मार्फत पढाउने   

हुम्लाबाट १३ सय विद्यार्थीले एसइई दिँदै 

Leave a comment

Your email address will not be published. Required fields are marked *