नराकोट देखि हाटसिंजा सम्म सडक कालोपत्रे गर्न बजेट सुनिश्चित

काली बहादुर परियार

जुम्ला ,१८ चैत ।

कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेटमा समावेश भएको बहुचर्चित चुलेलगाउँ,नराकोट,धापा,कोटघर,कुनौटा,लौडीसिलुड्कु र हाटसिंजा सडक स्तरोन्नति योजना अन्तर्गत महत्वपूर्ण प्रगति देखिएको छ ।

स्थानीयस्तरको सिफारिस र निरन्तर पहलका कारण यस सडकका लागि १५ करोड १९ लाखको बहुवर्षीय श्रोत सुनिश्चितता भए सँगै अहिले कार्यान्वयन चरणमा प्रवेश गरेको हो ।

उक्त योजनामध्ये चालु वर्षका लागि विनियोजित करिब ११ करोड रुपैयाँ बाट नराकोट बजार देखि माथि करिब ५ किलोमिटर सडक कालोपत्रे गर्ने तयारी तीव्र रूपमा अघि बढाइएको छ।

निर्माण कार्यका लागि ठेक्का प्रक्रिया समेत पूरा भइसकेको छ, जसले अब कागजमै सीमित विकास योजना व्यवहारमा रूपान्तरण हुने संकेत दिएको छ।

स्थानीय बासिन्दाका अनुसार वर्षौ देखि धुलाम्मे र हिलाम्मे सडकको सास्ती खेप्दै आएका नागरिकका लागि यो योजना महत्त्वपूर्ण सावित हुने अपेक्षा गरिएको छ ।

विशेषगरी वर्षायाममा आवतजावत नै अवरुद्ध हुने अवस्था अन्त्य हुने विश्वास लिइएको छ। कालोपत्रे सडक निर्माण भएपछि शिक्षा, स्वास्थ्य, कृषि तथा व्यापारिक गतिविधिमा उल्लेखनीय सुधार आउने स्थानीयको भनाइ छ।

यस सडक खण्डले केवल यातायात सहज बनाउने मात्र होइन, सिंजा क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनालाई समेत उजागर गर्ने अपेक्षा गरिएको छ ।

हाटसिंजा सम्म जोडिने यो मार्गले प्राचीन खस सभ्यताको केन्द्र मानिने क्षेत्रसम्म सहज पहुँच दिलाउनेछ, जसले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न मद्दत पुग्ने देखिन्छ ।

योजना अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेका कर्णाली प्रदेश सरकारका सांसद टेकराज पछाइले यसलाई सामूहिक प्रयासको सफल परिणामको रूपमा व्याख्या गरेकाे बताए ।

उनले भने, हामीले निरन्तर पहल गर्‍यौ, आवाज उठायौ, र अन्ततः बजेट सुनिश्चित गराउन सफल भयौ । अब समयमै गुणस्तरीय काम सम्पन्न हुनु सबैभन्दा महत्वपूर्ण पक्ष रहकाे पछाईकाे भनाइ छ ।

नराकोट देखि हाटसिंजा सम्म सडक कालोपत्रे गर्न बजेट सुनिश्चित

आठ महिनामा कर्णाली सरकारको बजेट खर्च १९

नराकोट देखि हाटसिंजा सम्म सडक कालोपत्रे गर्न बजेट सुनिश्चित

हिमा गाउँपालिकामा सुख्खा पहिरो : ३ घरमा

Leave a comment

Your email address will not be published. Required fields are marked *