प्रविधिमैत्री बनाउन शिक्षकलाई स्टीम तालिम

किताबी ज्ञानका साथै प्राविधिक सीपले पनि शिक्षकलाई योग्य बनाउन पहिलोपटक स्थानीय सरकारले नयाँ नीति सारेको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले पहिलोपटक गाउँपालिका क्षेत्रका शिक्षकलाई प्रविधिमैत्री बनाउन नयाँ प्रविधि( स्टीम) तालिम प्रदान सुरु गरेको हो । गाउँपालिका भित्र सामुदायिक विद्यालयमा कार्यरत गणित तथा विज्ञान विषयका शिक्षक तथा शिक्षिकाहरु लाई पाँच दिने तालिम उपलब्ध गराइएको हो । […]