एमाले हुम्ला कमिटीको नवौँ बैठक २९ गते

नेपाल कम्यूनिष्ट पार्टी (एमाले) हुम्ला कमिटीको नवौँ पूर्ण बैठक चंखेली गाउँपालिकाको केन्द्र पिप्लाङमा आउने मंगलबार बस्ने भएको छ । जिल्ला कमिटीको निर्णयअनुसार दक्षिणी क्षेत्रको गाउँपालिका केन्द्र पिप्लाङमा बैठक बस्न लागेको हो । एमाले हुम्लाका कार्यवाहक अध्यक्ष डबल रावतले फागुन २९ गते जिल्ला कमिटीको नवौँ बैठक चंखेली गाउँपालिका केन्द्र पिप्लाङमा बस्ने बताए । बैठकले जिल्ला अधिवेशनको […]

प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्दा दायर

हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चंखेली गाउँपालिकाको वडा नम्बर ३ स्थित मिमि वडा कार्यालयको फिल्ड निर्माण योजनामा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्र बहादुर वली,असिस्टेन्ट सब इन्जिनियर हर्कधन बुढालगायत ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको […]