हुम्लाका खाद्य डिपोमा बिहिवारदेखि ढुवानी हुने

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको लापरबाहीले हुम्लामा खाद्यान्न अभाव चुलिएको छ । ढुवानी जिम्मा पाएका सप्लायर्सले समयमै ढुवानी नगरेपछि अभाव चुलिँदै गरेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखाले स्थलगत (सतहमार्ग) ढुवानी चाँडो गराउन ११ मंसिरमा ढुवानीकर्ता चाङला अर्डर एन्ड सप्लायर्स सिमकोटका प्रोपाइटर प्रकाश रावत र एलबी सप्लायर्स अदानचुली– २ हुम्लाका प्रोपाइटर […]