पत्रकार सापकोटामाथि सांघातिक आक्रमण, महासंघद्वारा निन्दा

सुर्खेतबाट सञ्चालित कर्णाली मिडिया अनलाइनका कार्यकारी सम्पादक जगत सापकाटोमाथि अपरिचित व्यक्तिले सांघातिक आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । महासंघ सुर्खेत शाखाका अनुसार कात्तिक ६ गते मंगलबार सञ्चारकर्म सकेर सुर्खेतस्थित जुम्लारोडमा रहेको मोक्ष होटलमा कफी खाइरहेको अवस्थामा पत्रकार सापकोटामाथि बिनाकारण सांघातिक आक्रमण भएको थियो । आक्रमणबाट टाउकोमा चोट लागी […]