घुयँत्राे:“आन्दोलनमा हीरो, सत्तामा जीरो — जेनजीहरूको नयाँ नीति घोषणा”

यसाे सरकारकाे काम गराईकाे गतिपति हेर्दा त जेनजीकाे आन्दोलन पाटि खाेल्ने कुराँ मात्रै सिमित हाेला जस्ताेछ । संविधान संसाेधनकाे कुरा गर्याे कि संसद देखाएर टार्दिने अनि धुन्धुकारी ( मान्छे मार्ने,लुटपाट,आगजनि गर्ने र भष्टाचारी) लाई कार्वाहि गर्ने भन्दा गाैरी बहादुर कार्किकाे आयाेग देखाई दिने , अनि आयाेगले पुलिस देखाउने पुलिसले कार्वाहि गर्दिन भनेर जवाफ दिने भएछि बिचरा जेनजीहरकाे आन्दोलन दलै खाेल्ने कुराँ मात्रै त सिमित हुने देख्खियाे त ! खै पैलै दर्ता भएर बस्यादलकाे संख्यैले गिनिज बुकाँ नाम लेखाउने अबस्था आईसक्याछ । अँझ भएन भनेर जेनजीका ग्रुपै पिच्छे र ब्यक्ति पिच्छे दल खुल्दै जाने र दल दर्ता गर्दै जाने खेलाेमेलाेले याे देशाँ काम भन्या त्यै निर्वाचन आयाेगकाे मात्रै हाेला जस्ताेछ । उता फेरि जेनजीकै आन्दाेलनले सत्ताट सडकाँ पुग्या ओलिबा आफ्नो पाटिलाई चुनाबाँ भागलिन दिन्न भनेर उल्टै सरकनर माथि खन्नियाछन । आँफुत आँफुथे अरु २/४ वटा अरु दललाई नि सडकाँ उठाएर चुनाबै हुन नदिने गराए भने त्याे जाबाे दलमात्रै दर्ता गरेर के गर्ने हाे ।चुनाब हाेला ,चुनाबाँ लडम्ला,नेताबनम्ला भनेर आन्दोलन गर्नु अनि आन्दोलनबाट सिंगै चुनाब लडने चाहना हुँदाहुँदै नि याे भएन र त्याे भएन भनेर बस्नु पर्ने हाे भने आन्दोलनाँ त्यत्राे हिराे भाकाे र देश सिंगै जेनजीका नामाँ जल्या के फाईदा भाे त ! सरकारलाई यसाे गर र उसाे गर भन्दाभन्दै मैना दिन वित्न लाईगाे । लाय अराएकाे काम कुनै पनि कर्मचारीले गर्दैनन् जताहेर्याे त्यतै भष्टाचारीकाे अनुहार देखिन्छ । नेता पुलिस सेना कर्मचारी ठेक्दार ब्यापारी दलाल भष्टाचारी कसैलाई नि उनरकाे अपराध अनुसार कार्वाहि गर्नतिर नत सरकारलेनै ईच्छा जाहेर गर्याे नत जेनजीहरुनै यश बिषयमा खुलेर आउन सके । याे आन्दोलनले पूरा गर्या माग भन्या ऐलेसम्म याैटा मात्रै हाे त्याे भन्या बन्द गर्या सामाजिक सन्जाल खाेल्या । अनि त्यै सामाजिक सन्जालमा ओलिले लगाकाे प्रतिबन्ध खाेलेछि ऐले सामाजिक सन्जाल र मिडिया प्रयाेग गरेर मान्छेका हाताहाताँ भा का माेवाईलले मान्छेलाई पालैशान्ति भट्टेसराप गरेर गालि गर्न पाछन अनि मान्छेले त्यसैमा चित्त बुझाछ । यति ठूलाे आन्दोलन त्यसले गरेकाे क्षति अनि त्यसले उठाएकाे विषय र ती बिषयकाे उठान र समाधान गरेर देशलाई अघि लैजाने जनतालाई समृद्ध बनाउने साेच नत यी मुद्दा उठाउनेहरुमानै देखिन्छ नत हामी आन्दोलनका समर्थक हाैँ भन्नेहरुलेनै देखाएका छन । के के नै सरकारमा गएर देश र जनताकाे उभाेगति गराउँछु र भष्टाचारकाे अन्त्यगर्छु भनेर लागेकि प्रधानमन्त्री कार्किलाई समेत पुलिसकाे र सेनाकाे प्रमुखले साथ नदिएछि ऐले त उनी पनि हार थाक भएकि छिन । चुनाब गराउन भन्दा ओलिलाईनै पदबहालि गराउन भित्रभित्रै लागेकाे सुरक्षा निकाय समेतकाे आडभराेसा आँफुमाथि नभएकाे बुझेकि प्रधानमन्त्रीले भन्नका लागि त फागुन २१ मा चुनाब गराएरै छाेडछु भन्छिन तर चुनाब गराउन सहयाेग गराउने निकायका सबै मान्छे एमालेका झाेले भै रहन रुचाउँछन अनि एमाले चुनाब नगराउने पक्षमा छ भने चुनाब कसरी हुन सक्छ तर फागुन २१ सम्म चुनाब हुन्छ हुन्छ भनेर घाेक्राे सुक्नेलगरि कराउने त्यस पछि जेनजीले नि आफ्नो आन्दोलन बिर्सिन्छ । जनताले नि आफ्नो सम्पति जलेकाे र लुटिएकाे बिर्सन्छन अनि ज्यान गुमाउनेका परिवारलेनि आफ्नाे घाउमा मल्हम लागि सकेकाे अनुभव गर्छन अनि देश यताजाउँकि उता जाउँ भन्ने अबस्थाँ चाैबाटाँ उभिन्छ, त्यै माैकाँ कसले चाैका हान्छ त्यसकै सत्रदाउ पर्ने छ अनि हामी जनता हिजाे पनि रमिते, आजपनि रमिते र भाेलि पनि रमिते । ती जेनजी भन्नेहरु कताबाट आए , कता गए त्यसकाे अत्ताे पत्ताे हुने छैन तर हाम्रा खण्डरहरमा परिणत भएका घर,अफिस र दरबार ठिङ्ग उभिएर बर्षाैँबर्ष भदाै २३ र २४ काे याद मानसपटलमा बाेकेर ठडिई रहनेछन ठडिइ रहनेछन । अस्तु ।
” बिरसिक्का”

घुयँत्राे:“आन्दोलनमा हीरो, सत्तामा जीरो — जेनजीहरूको नयाँ नीति घोषणा”

जुम्लाको तिला ६ मा आयतित प्लास्टिकका माला

घुयँत्राे:“आन्दोलनमा हीरो, सत्तामा जीरो — जेनजीहरूको नयाँ नीति घोषणा”

“बर्दियामा १० घडियाल गोहीको पुनःस्थापना : प्रजनन

Leave a comment

Your email address will not be published. Required fields are marked *