नगरपालिकाको भवन निर्माणका कारण ७ घर पहिरोको उच्च जोखिममा, परिवार विस्थापित

हस्त चौलागाँई
कालिकोट,१७ भदौ।
। नयाँ भवन निर्माणका लागि ४० महिना अवधि राखेर नगरपालिकाको भवन बनाउने काम शुरु भयो । भवनका लागि स्काभेटरबाट काम थालिसकेपछी जग खन्दा पहिरो गयो । पहिरोका कारण खाँडाचक्र नगरपालिका वडा नं. स्थित ७ घर पहिरोको उच्च जोखिममा रहे ।
वर्षाको समयमा डोजर प्रयोग गर्दा पहिरो जाँदा केही परिवार विस्थापित भएका छन् भने स्थानीयका घर र बजार जाने बाटोसमेत प्रभावित भएको छ ।

बजार जाने बाटो प्रभावित हुदा बजारमा आवत जावत गर्ने यातायातका साधन ठप्प भए यस कारण बजारमा रहेका व्यापारीहरुलाई माल समान ढुवानी गर्न कठिनाई छ ।
सात घर जोखिममा हुँदा नागरिकहरु निद्रामा छैनन् । अझै भयाभव त्रासका साथ घर बचाउने तयारीमा छन् । जिल्ला विपद् व्यवस्थापन समितिले वैकल्पिक उपायसहित पालको व्यवस्था गर्न र सुरक्षित स्थानमा सर्न निर्देशन दिएको छ ।
कालीकोट सदरमुकाम मान्ममा पर्ने खाँडाचक्र नगरपालिकाको नयाँ भवन निर्माणको लागि जग खन्दा ७ घर पहिरोको उच्च जोखिममा परे । मान्म बजार स्थित जमिनमा नगरपालिकाको नयाँ भवन निर्माणका लागि भएको ठेक्का अनुसार जग खन्ने क्रममा वर्षाले पहिरो जाँदा स्थानीयका पक्की घर जोखिममा परेका छन् । खाँडाचक्र–१ सेरापाटास्थित जमिनमा नगरको भवनका लागि डोजर लगाएर फाउन्डेसन खन्दा कर्णप्रसाद चौलागाईं, कालीबहादुर शाही, भवानीप्रसाद आचार्य, पहिलाको खुसी रेष्टुरेनट, गंगाराम आचार्य, लालप्रसाद पोख्रेल र हर्कबहादुर शाहीका पक्की घर पहिरोको उच्च जोखिममा छन् । तीमध्ये कालीबहादुर शाही र कर्णप्रसाद चौलागाईंको परिवारसहित भाडामा बस्ने व्यक्तिहरू विस्थापित भएर आफन्तको घरमा बसिरहेका छन् ।
नगरपालिकाको भवन निर्माणका लागि वर्षाको समयमा डोजर लगाएर पहिरो निम्त्याउने काम भयो शुभकालिका–४ स्थायी घर भएका कर्ण प्रसादचौलागाईंले भने, ’मेरो परिवार नै विस्थापित भइसक्यौं । उनले आफ्नो घर भाडामा बस्ने ८ परिवार पनि अन्यत्र सरेको गुनासो पोखेका छन् ।
नगरपालिकाले जग खनेको क्षेत्र पहिरोको उच्च जोखिममा रहेकाले त्यस क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा सर्नुपर्ने अवस्था रहेको जिल्ला विपद् व्यवस्थापन समिति कालीकोटका सदस्य सचिव तथा सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले जानकारी दिए । जोखिम भएकाले सुरक्षित ठाउँमा बस्न भनेका छौं,’ उनले भने, जति बेला पनि घर भत्किन सक्ने अवस्था छ ।
सदरमुकाम मान्म बजारको पूर्वमा पर्ने सेरापाटामा खाँडाचक्र नगरपालिकाकाले भवन निर्माणका लागि भ्याटसहित २५ करोडको ठेक्का आह्वान गरेकोमा काठमाडौंको आर एन सीएस बिल्डर्सले १९ करोडमा ४० महिनाको समयावधिमा काम सक्ने गरी ७ तले भवन निर्माणको ठेक्का लिएको खाँडाचक्र नगरपालिकाका इन्जिनियर सुमित भट्टले जानकारी दिए । सम्झौता भएको ६ महिना भयो,’ उनले भने, जग खन्ने क्रममा पहिरो गएर समस्या भएको हो । उनका अनुसार निर्माण व्यवसायीका प्रतिनिनि अलिबहादुर शाहीले नगरपालिकाबाट १ करोड ५० लाख पेश्की रकम लिएर ३० लाख फस्र्यौट भएको सुनाए । उनका अनुसार जग खन्दा बजार जाने बाटोसहित स्थानीयका घर जोखिममा परेपछि वैशाख देखि काम रोकिएको छ ।
नगर पालिकाकाले माथिपट्टि छुट्टै २० लाखको ठेक्का गरेर १६ लाखमा मेसिनरी पर्खालको जिम्मा व्यवसायी मानबहादुर शाहीलाई दिएकोमा यति बेलाको वर्षाले पर्खाल भत्काएको छ । उनले असारमै काम सके पनि रकम नपाएको गुनासो पोखका छन् । ’काम असारमै सकेको हो,’ उनले भने, ’नगरले भुक्तानी अझै दिएको छैन । नगरको भवन निर्माणका क्रममा मान्म बजार जाने सडक भत्किएपछि बजारका व्यवसायी मर्कामा परेका छन् । कर्णाली राजमार्गबाट बजारसम्म साना गाडी र मजदुरबाट सामान ढुवानी गर्दा प्रतिगाडी २ हजार महँगो पर्ने खाद्य तथा खुद्रा व्यापारी रेशम रानाले बताए । मान्म बजार त्यसै त संकटमा छ, उनले भने, ’झन् बाटो अवरुद्ध हुँदा महँगी पनि बढेको छ ।
नगरको कामले मान्म बजार आउने बाटो अवरुद्ध भएको र स्थानीयका घर पहिरोको जोखिममा परेको गुनासो पछि शुक्रबार प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले वैपल्पिक उपायसहित नगरपालिकालाई योजना बनाउन र तत्काल घर बचाउन पालको व्यवस्था गर्ने निर्णय गरेको छ ।





