घुँयत्राे : एमालेमा विद्याकाे आगमनले राँकाे सल्क्याछ …

आजकाल सबै राजनीतिक पाटिभित्र रणाकाे र खैलाबैलै मच्चियाछ । काँग्रेसकाे अनुशासन विभागले ३ बर्ष अघिकाे अनुशासनहिनतामा ३ बर्ष पछि आएर नेता कार्यकर्ताँ कार्बाहि गर्दा शेखर ग्रुप कार्वाही नमान्ने बरु त्यसकाे सट्टा प्रधानमन्त्री भएर देखाईदिने हठमा उत्र्याछन । अनि एमालेमा विद्याकाे आगमनले राँकाे सल्क्याछ ।बा ले त विद्यालाई यतिसम्म भनेके त्याे कुरा यहाँ लेख्नै सकिन्न ।
विद्यालाई पाटि सदस्यता नदिने ठाेकुवा गरेका प्रधानमन्त्रीज्युले यदि राजनीति गर्नैका लागि विद्याले राजनीति शुरु गरेकि हुनभने ओलिले एमाले पाटियाँ जाने बाटै बन्द गर्याहुनभने नयाँ पाटि नखाेलि नहुने बनाईदेछि अब एमाले पाटियाँनि भागबन्डा हुने देख्यीयाे । उता आफुलाई सशक्त प्रतिपक्ष भनेर दाैडधुपमा लाग्या प्रचण्डकाे पाटियाँनि उखरमाउलै मच्चियाछ ।
रुकुमका प्रभाकरले जसाेजसाे प्रचण्ड त्यतैत्यतै स्वाहा गर्न छाेडेर नेताका अगाडि आफ्नाकुरा राख्न थालेछि प्रचण्डले नि प्भाकरलाई सिध्याउने बाटाे खाेजेर उपराष्टपति पुनलाई ल्याएर उपाध्यक्ष देछि माओवादि भित्रनि नजानिदाे किसिमले आगाे लाग्याछ । सत्ताँ भैद्याभा उईल्यै पुत्ताइ सक्थ्यो प्रतिपक्षाँ भा हुनाले मात्रै बाईर नदेख्या हाे । हैन याे याैटा दलभित्र उखरमाउलाे मच्चियाेभने सबै दलाँ मच्चिने किन रैछ के यस्ताे ।
अरु त अरुथे ल काम नपाएर झगडा गरेरे !तर त्याे राप्रपा भन्ने पाटि राजा ल्याउँछम भनेर आन्दोलन गरिरा बेलाँ आन्दोलन सफल बनाउन कम्र कसेर लाग्नु पर्ने बेलाँ आन्दोलन सान्दाेलन हटाओबबाल बरु पाटि भित्रैकालाई ठिक गर्नु पर्छ भनेर आफ्नै पाटिका उपाध्यक्ष मुकुन्द श्याम गिरि अनि धबल सम्शेर जस्तालाई कार्वाही गरेर पाटिभित्र रुवाबासीपाे चल्याछ त! राप्रपा पाटि भित्र चल्या याे रडाकाेले विचरा ज्ञानेन्द्रलाई कति विरक्त ला हाेला ।
आँफुलाई गद्दियाँ बसाउलान भनेर मख्ख पर्याबेलाँ उल्टै आँफुआफू लडेर झन अलिअलि उठनला पाटियाँ ८४ काे चुनाबाँ त झन विजाेगै हुन्छकि क्या ! त्यसै त कमल थापा राप्रपाँ कैले विद्राेह हाेला र तिनैलाई लेर पाटि बलियाे बनाम्ला भनेर बाटाे कुरेर बस्याछन यै माैँकाँ मुकुन्द र धबलले लिङदेन छाेडेर सब्बै साथीहरुलेर कमल थापासित अथवा अर्कै पाटि गठन गरेर हिँडदे भने बिचरा लिङदेनकाे राजनीति नि आफ्नै कारणले धरापाँ पर्न बेर छैन । खासमा लिङदेनले जजस्लाई कार्वाही गरे तिनले पाटि र लिङदेन विरुद्ध काम गर्या कतै देख्खिया सुन्याथेन तर एक्कासि पाटियाट हटाकाे सुन्दा सुन्ने मान्छेलाईनि अचम्मै ला हाेला ।
अरु दलले के के गरे मैले किन केही नगर्ने भनेर त हाेला लिङदेलले नेताहरलाई पदाट हटाकाे ! लिङदेनलाई अध्यक्ष बनाउनत फेरि यिनरुनै मरिमेट्या देखिन्थे ।हिजाे बिचरा ती बुढा पशुपति सम्शेरलाई हटाउन यिनै साथीभाईहरु कस्सिएर लाए ! ऐले अध्यक्ष लेयिनैलाई अध्यक्षले अच्छाखासा बनाएछि बिचरा पशुपतिलाई हराउन टाउकै जाेत्या पाप लायाे भन्ने त हाेला हाम्ले हैन र ? लाै ऐले जे छ दलकैछ । कैले घिच्याउने कैले काेट्याउने ! हामी त रमिते त भइम तिमरु रमिता गर्दै जाउ हामी हेर्दै जान्छम ।






