जुम्लामा नेपाली सेनाद्वारा शंकास्पद बस्तु डिस्पोज

गाेल्डेन बुढा

जुम्ला,३२ असार।

जुम्लाको तातोपानी- ४ मा रहेको जयतपुरकाे खुल्ला चाैरमा भटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ।साेमबार विहानै भेटिएको शंकास्पद वस्तु विहान साढे ११ वजे डिस्पोज थियोे। विहान ७ बजेतिर स्थानीयबाट खवर प्राप्त भएको देविदत्त गण जुम्लाका गणपति धिरज थापाले बताए।उनलेे भने,´ खबरपछि देबिदत्त गणबाट खटिएको नेपाली सेनाको बम डिस्पोजल टोलिले सकेट बम जस्तो देखिने शंकास्पद बस्तु डिस्पोज गरेको गणपति थापाले जनाए।उक्त बस्तु खिया लागेर लामो समयदेखी बेबारिसे अवस्थामा रहेको थियो।

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds