डिजिटल युगतर्फ बैजनाथको कदम: एकीकृत सेवा केन्द्र र प्रतिक्षालय सञ्चालनमा

बाँके ,२० असार

बाँकेको बैजनाथ गाउँपालिकाले डिजिटल प्रविधिसहितको एकीकृत सेवा प्रवाह केन्द्र तथा सेवाग्राही प्रतिक्षालय सञ्चालनमा ल्याएको छ। जनमैत्री सेवा प्रवाहको लक्ष्यसहित गाउँपालिकाले करिब ३७ लाख रुपैयाँको लागतमा सेवा केन्द्र र प्रविधियुक्त उपकरणको व्यवस्था गरेको हो।

२० लाख रुपैयाँको लागतमा निर्माण गरिएको भवनमा वातानुकूलित प्रणाली (एसी), स्तनपान कक्ष, अपांगता मैत्री शौचालय लगायतको सुविधा समेटिएको छ। डिजिटल उपकरण जडानमा १७ लाख रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले बिहीबार एक कार्यक्रमबीच रिबन काटेर तथा स्वीच थिचेर औपचारिक रूपमा केन्द्र उद्घाटन गरे। उनले उद्घाटन समारोहमा बोल्दै गाउँपालिकालाई प्रविधिसँग जोडेर सेवा प्रवाहलाई छरितो, पारदर्शी र प्रभावकारी बनाउने लक्ष्य लिएको बताए।

“अब सेवाग्राही गाउँपालिका प्रवेश गर्दै प्रतिक्षालयमा टोकन लिन्छन्, कर्मचारीसँग आफ्नो कामको जानकारी दिन्छन्। कर्मचारीले कागजात मिलाएर सम्बन्धित शाखामा पठाउँछन् र सेवाग्राहीले डिजिटल बोर्डमार्फत आफ्नो फाइलको स्थितिबारे जानकारी लिनसक्नेछन्,” अध्यक्ष शाहीले बताए।

उनका अनुसार यो प्रणालीले सेवाग्राहीलाई घण्टौँ लाइनमा बस्नु पर्ने झन्झट हटाउनुका साथै पारदर्शिता र सहजता बढाउनेछ। साथै, आठ वटै वडा कार्यालयका गतिविधिहरूलाई पनि आगामी दिनमा केन्द्रमै एकीकृत गरेर अनुगमन गर्न सकिने प्रणाली लागू गरिने जानकारी अध्यक्ष शाहीले दिए।

बैजनाथ गाउँपालिकाले आगामी दिनमा स्थानीय जनताको डिजिटल प्रोफाइल तयार गर्नेदेखि तथ्याङ्क व्यवस्थापनसम्ममा प्रविधिको उपयोग विस्तार गर्दै लैजाने योजना रहेको छ।

उद्घाटन कार्यक्रममा उपाध्यक्ष निर्मला रोकाय, प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, शाखा प्रमुख, तथा अन्य कर्मचारीहरूको उपस्थिति थियो।

 

 

डिजिटल युगतर्फ बैजनाथको कदम: एकीकृत सेवा केन्द्र र प्रतिक्षालय सञ्चालनमा

कर्णालीमा एसईई नतिजा सुधार हुँदा पुछारमा दैलेख

डिजिटल युगतर्फ बैजनाथको कदम: एकीकृत सेवा केन्द्र र प्रतिक्षालय सञ्चालनमा

जुम्लामा माओवादीकाे सुशासन सहजीकरण विशेष सप्ताह

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds