कर्णालीमा एसईई नतिजा सुधार हुँदा पुछारमा दैलेख

सुर्खेत, २० असार ।
यस वर्ष (२०८१) लिइएको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा कर्णाली प्रदेशबाट संस्थागत तथा सामुदायिक विद्यालयबाट ३१ हजार सात सय ७३ विद्यार्थी सहभागी भएकोमा १८ हजार ४२ विद्यार्थी उत्तीर्ण भएका छन् । यो गत वर्ष (२०८०) को तुलनामा सुधारिएको नतिजा भए पनि सन्तोषजनक भने होइन ।

गत वर्ष ५८ प्रतिशत विद्यार्थी फेल हुँदा यस वर्ष ५६ दशमलव ७८ प्रतिशत विद्यार्थी पास भएका छन् । गत वर्षको एसईईमा कर्णालीबाट संस्थागत र सामुदायिक विद्यालयबाट ३३ हजार ६ सय ३४ विद्यार्थी सहभागी भएकोमा ५८ दशमलव पाँच प्रतिशत अर्थात् १९ हजार ६ सय ६६ जना विद्यार्थी माथिल्लो कक्षामा पढ्न नपाउँने गरी फेल भएका थिए ।

हालै सार्वजनिक भएको यस वर्षको एसईई नतिजा अनुसार १३ हजार सात सय ३१ विद्यार्थी कक्षा ११ मा पढ्न नपाउँने गरी फेल भएका छन् । यस वर्षको एसईईमा कर्णालीको नतिजा सुधार हुँदा दैलेख भने पुछारमा परेको छ । सबैभन्दा धेरै विद्यार्थी दैलखमा फेल भएका छन् ।

शिक्षा विकास निर्देशनालय सुर्खेतले उपलब्ध गराएको तथ्यांक अनुसार दैलेखबाट चार हजार सात सय ७५ विद्यार्थीले एसईई दिदा एक हजार ९३ विद्यार्थीले मात्रै माथिल्लो कक्षामा पढ्न पाउने गरी नम्बर प्राप्त गरेका छन् ।

त्यस्तै, सुर्खेतबाट सबैभन्दा बढी सात हजार ७१ विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदा पास भने तीन हजार एक सय १५ मात्रै भएका छन् । सल्यानबाट चार हजार ६४ विद्यार्थीले परीक्षा दिदा दुई हजार ६ सय ७८ जना पास भएका छन्, भने कालिकोटबाट तीन हजार एक सय ९५ विद्यार्थी मध्ये एक हजार आठ सय २४ विद्यार्थी माथिल्लो कक्षामा पढ्न पाउने गरी नम्बर प्राप्त गरेका छन् ।

त्यस्तै, हुम्लाबाट नौ सय ३६ विद्यार्थी मध्ये चार सय ८३ विद्यार्थी पास भएका छन् । मुगुबाट सात सय ३१ विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदा पाँच सय पाँच जना उत्तीर्ण भएका छन् । यस्तै, जाजरकोटबाट चार हजार तीन सय विद्यार्थी एसईई परीक्षामा सहभागी भएकोमा तीन हजार पाँच सय ३१ विद्यार्थीले माथिल्लो कक्षामा पढ्न पाउँने गरी नम्बर प्राप्त गरेका छन् । रुकुम पश्चिमबाट दुई हजार पाँच सय ८२ विद्यार्थी उत्तीर्ण भएका छन् ।

रुकुमबाट तीन हजार चार ४५ विद्यार्थी एसईईमा सहभागी भएका थिए । यस्तै, जुम्लाबाट दुई हजार पाँच सय १० विद्यार्थी एसईईमा सहभागी हुँदा एक हजार नौ सय र डोल्पाबाट सात सय ४६ विद्यार्थी मध्ये दुई सय ४७ जना पास भएको शिक्षा विकास निर्देशनालयको तथ्यांकले देखाउँछ । निर्देशनालयले उपलब्ध गराएको तथ्यांक अनुसार प्रदेशभर तीन दशमलव ६ देखि चार जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या एक हजार ५१ छ ।

त्यस्तै, तीन दशमलव दुईदेखि तीन दशमलव ६ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या चार हजार ६ सय ४४, दुई दशमलव आठदेखि तीन दशमलव दुई जीपीए प्राप्त गर्ने सात हजार सात सय ८५, दुई दशमलव चारदेखि दुई दशमलव आठ जीपीए प्राप्त गर्ने चार सय ४० र दुईदेखि दुई दशमलव चार जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या तीन सय दुई छ ।

यस्तो थियो गत वर्षको नतिजा
गत वर्षको एसईईमा कर्णालीबाट संस्थागत र सामुदायिक विद्यालयबाट ३३ हजार ६ सय ३४ विद्यार्थी सहभागी भएकोमा ५८ दशमलव पाँच प्रतिशत अर्थात् १९ हजार ६ सय ६६ जना विद्यार्थी फेल भएका थिए । १३ हजार ९ सय ६८ अर्थात् ४१ दशमलव ५३ प्रतिशत विद्यार्थी मात्रै माथिल्लो कक्षामा पढ्न पाउने गरी पास भएका थिए, जसमा सबैभन्दा धेरै विद्यार्थी दैलेखमा अनुत्तीर्ण भएको तथ्यांक छ ।

गत वर्ष दैलेखबाट चार हजार नौ सय १५ विद्यार्थी एसईईमा सहभागी भएकोमा आठ सय २८ जना मात्रै पास भएका थिए भने, चार हजार ८७ विद्यार्थी फेल भएका थिए । जाजरकोटबाट कुल चार हजार पाँच सय ७२ परीक्षार्थी रहेकोमा दुई हजार पाँच सय २९ विद्यार्थी पास हुँदा दुई हजार ४३ विद्यार्थी अनुत्तीर्ण भएका थिए । सुर्खेतबाट सात हजार नौ सय ७९ विद्यार्थी एसईईमा सहभागी रहेकोमा पाँच हजार दुई सय ८७ विद्यार्थी फेल हुँदा दुई हजार ६ सय ९२ जना विद्यार्थी मात्र उत्तीर्ण भएको तथ्यांकले देखाउँछ ।

दुई हजार तीन सय ९३ विद्यार्थी रहेको जुम्लामा एक हजार दुई सय २२ जना उत्तीर्ण हुँदा एक हजार ७१ विद्यार्थी फेल भए । यस्तै, तीन हजार पाँच सय १५ विद्यार्थीमध्ये कालीकोटमा एक हजार दुई सय ६६ विद्यार्थी मात्रै माथिल्लो कक्षामा प्रवेश गरेका थिए । कालिकोटमा दुई हजार दुई सय ४९ विद्यार्थी अनुत्तीर्ण भएका थिए ।

गत वर्ष डोल्पाबाट कुल ६ सय २७ विद्यार्थी इसईईमा सहभागी हुँदा दुई सय ८२ जना पास र तीन सय ४५ जना माथिल्लो कक्षामा पढ्न नपाउने गरी फेल भएका थिए । यस्तै, मुगुबाट एसईईमा आठ सय ३८ विद्यार्थी सहभागी रहेकोमा तीन सय ५१ जना मात्रै पास भएको तथ्यांक छ । गत वर्ष एक हजार ८८ विद्यार्थी रहेको हुम्लाबाट पाँच सय २१ विद्यार्थी पास हुँदा पाँच सय ६७ जना फेल भएका थिए ।

त्यस्तै, सल्यानमा चार हजार दुई सय ३७ विद्यार्थी रहेकोमा दुई हजार ६८ विद्यार्थी पास हुँदा दुई हजार एक सय ६९ जना फेल भएका थिए । तीन हजार चार सय ७० विद्यार्थी रहेको सल्यानबाट दुई हजार दुई सय नौ विद्यार्थी पास भएका छन् भने, एक हजार दुई सय ६१ विद्यार्थी माथिल्लो कक्षामा पढ्न नपाउने भएका थिए । न्यस्तै, गत वर्ष सुर्खेतबाट सात हजार नौ सय ७९ परीक्षार्थी एसईईमा सहभागी हुँदा दुई हजार ६ सय ९२ जना उत्तीर्ण र पाँच दुई सय ८७ विद्यार्थी फेल भएको तथ्यांकले दखाउँछ ।

कर्णालीमा एसईई नतिजा सुधार हुँदा पुछारमा दैलेख

सम्पादकीय : कानूनी सचेतनाको खाँचो

Leave a comment

Your email address will not be published. Required fields are marked *