जुम्लामा माओवादीकाे सुशासन सहजीकरण विशेष सप्ताह
गाेल्डेन बुढा
जुम्ला,२० असार
माओवादीले सुशासन सहजीकरण विशेष सप्ताह अभियान शुरु गरेको छ। सुशासन सहजीकरण विशेष सप्ताह एकहप्ते हुनेछ।बिहीबारदेखि देखि अभियान चलाइएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला पार्टी इन्चार्ज नरेश भण्डारीले बताए।उनलेे भने,´ ८ एक नगरपालिका,सात गाउँपालिका र ६० वटा वडामा वडाकेन्द्रमा सुशासन सहजीकरण कार्यक्रम हुनेछन्।
सहजीकरण डेस्क राखिएका छन्। सुशासन हेल्प डेस्कले उपभोक्ता समितिले काम गरेको काम भुक्तानी गर्न कुनै पनि अपुराभै आयका फाईल डकुमेन्ट मिलान गरि सहयोग गर्ने छ। यस महत्वपूर्ण कार्यलाई प्रभावकारी बनाउन मातहतका पार्टी समिति एवं कमरेडहरूलाई निर्देशन भइरहेको भण्डारी बताउँछन्। इन्चार्ज नरेश भण्डारीका अनुसार स्थानीय, प्रदेश र संघ सरकारले सम्पादन गरेका गतिविधिहरूका सम्बन्धमा सेवाग्राहीका गुनासाहरू सुन्न तथा समाधानार्थ पहल गर्न,सरकारी सेवा प्रवाहमा सहजीकरण तथा ढिलासुस्ती, अपारदर्शिता, अनियमितताको भण्डाफोर गर्न,विकास निर्माणमा गुणस्तर सुनिश्चितता गर्न तथा भष्ट्राचार, अनियमितता रोक्न,सामाजिक सुरक्षा भत्ता वितरणमा भएको ढिलासुस्ती र अनियमितता रोकेर लाभग्राहीका लागि सहज वातावरण निर्माण गर्न, उपभोक्ता तथा ब्यवशायीहरूबाट सम्पन्न कार्यको भुक्तानीमा हुने असहज र ढिलासुस्ती रोक्न र आर्थिक वर्षको अन्त्यमा हुने सबै प्रकारका अनियमितता रोक्ने उदेश्यले यो अभियान चलाइरहेको हो। भण्डारी भन्छन्,´सुशासनको परिकल्पना र प्रयास सुख र समृद्धिका लागि हो । समुन्नत समाज निर्माणका लागि पनि सुशासन हुन जरुरी छ । सुशासनले राज्यलाई पारदर्शी, जवाफदेही र समावेशी बनाउँछ ।
कानुनी राज्यको अवधारणालाई आत्मसात् गर्न प्रेरित गर्छ । सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा–सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति स्थानीय समाजमा गराउनु सरकारको पहिलो जिम्मेवारी हो।