सिम्तामा तीन दिने निशुल्क आँखा अप्रेसन सञ्चालन

सुर्खेत : सुर्खेतको पुर्वी सिम्ता गाउपालिकाको बागेश्वरी मा. वि राकममा तिन दिने मोतिविन्दु निशुल्क आँखा अप्रेसन बिहिबार देखी सञ्चालन भएको छ ।

उक्त गाउँपालिकाको आयोजना, रेडक्रस सोसाईटी आँखा अस्पताल सुर्खेतको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाईटी उपशाखा राकम तथा जुरेस र युरेस बागेश्वरी मावि राकमको सहयोगमा तिन दिने कार्यक्रम सञ्चालन भएको हो ।

जनतासँग सिम्ता गाउपालिका कार्यक्रम अन्तर्गत सिम्ताको तीन दिनसम्म सञ्चालन हुने आँखा अप्रेसन कार्यक्रम औपचारिक रूपमा उद्घाटन गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीका आँखा चेक गरि नेत्र विशिषज्ञ डाक्टर मनिष खतिवडाले गरेका थिए ।

यस अघि नै गाउँपालिकका विभिन्न टोल बस्तिमा गएर आँखा अप्रेसनको लागि व्यक्तीहरुलाई छनोट गरिएको थियो । जसमध्ये बिहिबार पहिलो दिन ५० जनाको अप्रेसन गरिएको डाक्टर खतिवडाले बताएका छन् । उनले भने ‘सिम्ता बासि आमा, बुबा तथा विभिन्न माध्यले आखाँ गुमाएका व्यक्तीको गत वर्षमा पनि १५५ जनाको निशुल्क अप्रेसन गरेएका थियौँ ।’

 

कार्यक्रमको अध्यक्षता सामाजिक विकास समितका संयोजक टेकनारायण विकको रहेको थियो । भने गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसी, उपाध्यक्ष चन्द्रकला शाही, रेडक्रस शाखा सुर्खेतका सभापति लिलाराम सुवेदी, आँखा अस्पताल सुर्खेतका मेडिकल डाइरेक्टर शाक्ति प्रसाद सुवेदी वडा अध्यक्षहरू राजेन्द्र सिह, नहकुल बुढा, युद्धबहादुर मल्ल, गहेन्द्र हमाल र मानसि कामी लागाएत स्थानिय बासिहरुको उपस्थिति रहेको थियो ।

सिम्तामा तीन दिने निशुल्क आँखा अप्रेसन सञ्चालन

राष्ट्र र प्रदेशमा युवाको भूमिका

सिम्तामा तीन दिने निशुल्क आँखा अप्रेसन सञ्चालन

बराहतालको दक्षिणी क्षेत्रमा चितुवा आतंक : हँसियाले

Leave a comment

Your email address will not be published. Required fields are marked *