मुस्लिम समुदायको सशक्तिकरणका लागि विशेष कार्यक्रम ल्याइने : प्रधानमन्त्री ओली

बाँके ,२ जेष्ठ
बाँके ।प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मुस्लिम समुदायको समृद्धि र सशक्तिकरण विना समावेशी राष्ट्र निर्माणको परिकल्पना अधूरो हुने बताउँदै समुदाय लक्षित विशेष कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

मुस्लिम इत्तेहाद संगठनका नवनिर्वाचित पदाधिकारीहरूलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले मुस्लिम समुदायको हकहित, संरक्षण, उत्थान र विकासप्रति सरकार गम्भीर रहेको स्पष्ट पार्नुभयो। उहाँले समावेशी लोकतन्त्रको सुदृढीकरणमा मुस्लिम समुदायको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राख्नुभयो।

शिक्षा, स्वास्थ्य, रोजगारी, सांस्कृतिक पहिचान र सामाजिक न्याय सुनिश्चित गर्न विशेष कार्यक्रम ल्याइने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुस्लिम किशोरीहरूका लागि लक्षित कार्यक्रम आफ्नै कार्यकालमा सुरु गरिने जानकारी दिनुभयो।

संगठनका अध्यक्ष मोहम्मद हारुन हल्वाइले समुदायको वर्तमान अवस्था, चुनौती र अपेक्षाबारे प्रधानमन्त्रीलाई जानकारी गराउँदै ध्यानाकर्षण गराउनुभएको थियो। उक्त भेटवार्तामा नवनिर्वाचित पदाधिकारीहरू, निर्वतमान अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सेराज फारुकीसहित महासचिव राज मोहम्मद अन्सारीको पनि सहभागिता रहेको थियो।

 

मुस्लिम समुदायको सशक्तिकरणका लागि विशेष कार्यक्रम ल्याइने : प्रधानमन्त्री ओली

सम्पादकीय : कागजमा सिमित नहुन् महत्वपूर्ण नीति

Leave a comment

Your email address will not be published. Required fields are marked *