समृद्धिको आधार वन हो पुर्व मन्त्री रावत

इन्द्र बहादुर बुढाथाेकी
सल्लीबजार, १५ पौष ।
समृद्धिको आधार वन भएको पुर्व उद्योग वन पर्यटन मन्त्री दुर्गा बहादुर रावतले बताउनु भएको छ । सामुदायिक वन कर्णाली प्रदेशको वार्षिक समिक्षा तथा सवालगत छलफल कार्यक्रम सोमबार बोल्दै पुर्व मन्त्री रावतले सामुदायिक वनहरुलाई उत्पादन सङ्ग जोड्नु पर्ने बताउनु भएको छ ।
वनमा आधारित उद्योग, कृषि उत्पादन र वन पर्यटन उत्पादन सङ्ग जोड्नु पर्ने बताउनु भएको छ । कर्णालीमा रहेको बनलाई सदुपयोग गरेर अल्लो, भाङ्गो, लगाएत जडिबुटी लाई मात्र प्रयोगमा ल्याएमा कर्णालीले देशलाई नै कपडा दिन सक्ने समेत बताउनु भएको छ । यसको लागि कपडा बनाउने मेसिनको समेत व्यवस्था गर्नु पर्ने समेत बताउनु भएको छ । अहिले तीन तहका सरकारले वनको माध्यमबाट समाजवादको आधार तयार पार्नु पर्ने समेत बताउनु भएको छ ।
प्राकृतिक व्यवस्थापन समितिका पुर्व सभापति समेत रहेका पुर्व मन्त्री रावतले मान्छे बहुज्ञानी भएको र सर्बज्ञानी हुन नसकेकोले सबैले वनको कानुन बनाउदा एकीकृत गरेर लाग्नु पर्ने बताउनु भएको छ । आफुले मन्त्री हुदा धेरै वन सम्बन्धि ऎन कानुन बनाउदा धेरै काम गरेको बताउनु भएको छ ।
अहिले व्यवस्था परिवर्तन भएको र अवस्था परिवर्तन नगरेकोले यसलाई परिवर्तन गर्नु पर्ने र त्यसकोलागी पहिले आफ्नो आत्मगत परिवर्तन गर्नु पर्नेमा जोड दिनु भएको छ । व्यक्तिका कारण धेरै कामहरू रोकिने गरेको भन्दै त्यसको लागि सबै चनाखो भएर लाग्नु पर्नेमा जोड दिनु भएको छ । देशलाई दलालले चलाएको र कर्मचारीले गर्दा केही दलालले गर्दा फस्नेमा मन्त्री तथा जनप्रतिनिधिलाई हस्तान्तरण गर्न लगाउने र नफस्ने काममा आफुहरुले हस्तान्तरण गर्ने गरेको बताउनु भएको छ ।
बन क्षेत्र बिस्तारै बढ्दै गएको र अहिले ६ प्रतिशतले वृद्धि समेत भएको समेत बताउनु भएको छ । राज्यले नीति निर्माणमा तहमा कानुनी नबनाउदा घर बनाउदा समस्या हुने गरेको र विदेशी काठ प्रयोग गर्ने गरेको र अन्य काठहरु सडक तथा वनहरुको छेउछाउमा कुहिएर खेर गैइरहेको समेत बताउनु भएको छ ।
वन पैदावर सङलनमा बाधाहरु आएको तर राज्यले धेरै समस्या भएको बताउनु भएको छ । राज्य उदासीन हुदा मानव र वन्यजन्तु विच द्वन्द रहेको छ । मानिस गाउँ छाड्ने लगर लागेको बताउनु भएको छ । वन जगललाई पैसामा साट्ने र आय आर्जनकि रुपमा लिनु पर्ने केन्द्रीय सदस्य घनश्याम शर्माले बताउनु भएको छ ।






