२०८२ फाल्गुन ५ गते
×

Now Playing

सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा सुरू

सरला सुवेदी ।

पश्चिम नेपालकै एक मात्र क्यान्सर अस्पतालको रूपमा रहेको सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालले रेडियोथेरापी सेवाको पूर्ण सञ्चालन शुरू गरेको छ। २०८१ पुस ९ गते अस्पतालमा जडान गरिएको अत्याधुनिक ीष्लभबच ब्अअभभिचबतयच ःबअजष्लभ ९ीक्ष्ल्ब्ऋ० मार्फत पहिलो पटक एक क्यान्सर पीडित बिरामीको सफल सेकाई गरिएको छ।

यस ऐतिहासिक घटनाले पश्चिम नेपालका क्यान्सर पीडित बिरामीहरूलाई ठूलो राहत पुर्‍याएको छ। यसअघि रेडियोथेरापी उपचारका लागि बिरामीहरूलाई काठमाडौं, भरतपुर वा भारतको लखनउसम्म जानुपर्ने बाध्यता थियो। अब, यो सेवा उपलब्ध भएपछि समय, पैसा र शारीरिक कठिनाइको सामना गर्नुपरेका बिरामीहरूलाई सहजता मिल्नेछ।

अस्पतालको यो उपलब्धि सफल बनाउन अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्ल र सम्पूर्ण सदस्यहरूको महत्त्वपूर्ण भूमिका रहेको छ। साथै, कार्यकारी निर्देशक डा। प्रकाश प्रसाद शाह, क्यान्सर रोग विशेषज्ञ डा। मुकेश यादव, र अन्य चिकित्सक तथा प्राविधिकहरूको समर्पणले यो सेवा सम्भव भएको हो।

अस्पताल परिवारले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा योगदान दिने सबै महानुभावलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ। यो सेवाको शुरुआतले पश्चिम नेपालको स्वास्थ्य सेवामा नयाँ युगको शुरुआत गरेको छ। सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालले आधुनिक प्रविधिको प्रयोग गरी बिरामीहरूको जीवनस्तर सुधार्न र उपचारमा सहजता ल्याउन निरन्तर प्रयास गरिरहेको छ।

अब यस क्षेत्रका क्यान्सर बिरामीहरू स्थानीय रूपमा नै उच्चस्तरीय उपचार पाउने विश्वास गरिएको छ। यस सफलताले अस्पताललाई थप विश्वासिलो र सेवा केन्द्रित बनाएको छ, जसले सम्पूर्ण पश्चिम नेपाललाई स्वास्थ्य क्षेत्रमा एक कदम अगाडि बढाएको छ।

सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा सुरू

बाँके राष्ट्रिय निकुञ्जमा बाघ र हात्ती अवलोकन

सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा सुरू

निर्माण सामग्रीको अभावमा सिँचाइ आयोजनाको काम सुस्त