उमेर पुगेपछि बिहे गर्ने जोडीलाई पातारासीले दियो बधाई पत्र

जुम्लाको पातारासी गाउँपालिकाले उमेर पुगेपछि विवाह गर्ने एक जोडीलाई बधाई पत्र दिएको छ । गाउँपालिकाले २० वर्ष पुगेपछि विवाह गरेको जोडीलाई बधाई पत्र उपलब्ध गराएको हो ।

पातारासी गाउँपालिका–७ रिनी गाउँकी २२ वर्षीया युवती लालमायाँ बुढा र उक्त गाउँकै २३ वर्षीय अर्जुन खड्काले विवाह गरेका थिए । जनप्रतिनिधि र कर्मचारीले नवविवाहित जोडीलाई टीका लगाई बधाई पत्र प्रदान गरेका थिए । पत्रमा लेखिएको छ “तपाईंहरूको जोडीले २० वर्ष उमेर पूरा गरी विवाह गरेर बालविवाह न्यूनीकरणमा प्रेरणादायी भूमिका निर्वाह गर्नुभएकोमा हार्दिक बधाई तथा सफल र सुखद दाम्पत्य जीवनको शुभकामना ।” पत्रमा सम्बन्धित वडाअध्यक्ष विरबहादुर बुढा,वडा सचिव प्रदिप बुढा र महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीले हस्ताक्षर गरेकी छिन् ।

दण्ड र सजायले डरत्रासले मात्रै बालविवाह कम नहुने भन्दै बधाई पत्र उपलब्ध गराइएको गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीले बताइन् । यो ऐतिहासिक कार्यले बालविवाह रोक्न सहयोग पुग्ने बताउँछिन् । ‘यो कामको सुरुवात जुम्लाका ८ स्थानीय तहमै पहिलो हो,नयाँ सन्देश प्रवाह हुनेछ।सिकाई पनि हुने देखिन्छ । उमेर पुगेपछि मात्र विवाह गर्नु पर्छ, भने सोचको विकास गर्ने यो रचनात्मक विधि रचिएको हो,”उनले भनिन्, “पुरातनवादी सोच हानिकारक अभ्यास लाई पन्छाउन टेवा पुग्नेछ।”पातारासी गाउँपालिकामा १ देखि ७ वटा वडा छन् । २० वर्ष उमेर पुगेपछि विवाह गर्ने अन्य जोडीलाई सम्मान गर्नेछौं,’ भगवतीले भनिन् ।

शाखाले हरेक वर्ष विवाह गर्ने महिनामा प्रहरी, जनप्रतिनिधि, बाल क्लव, अनुगमन, ¥यालीअन्तरक्रिया सडक नाटक प्रदर्शन, प्रत्येक गाउँ बस्ती, मावि विद्यालयमा सचेतना कार्यक्रमहरु निरन्तर संचालन हुन्छन् । पातारासीको– ५ जिल्लामै पहिलो बालविवाहमुक्त वडा घोषणा भइसकेको छ ।

यता वडा अध्यक्ष विरबहादुर बुढाले उमेर पुगेपछि मात्र विवाह गर्ने संस्कारलाई समाजमा स्थापित गराउन खोजिएको बताए । यता जनस्वास्थ्य कार्यालय जुम्लाको आर्थिक वर्ष २०७८÷७९ को तथ्यांकअनुसार जुम्लामा १९ वर्ष नपुग्दै १७ प्रतिशत किशोरीहरु आमा बनेका छन् ।

स्वास्थ्य संस्थामा गर्भ जाँच गर्न जाने महिलाहरुको उमेर समूह हेर्दा यो तथ्यांक भेटिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ । सबैभन्दा धेरै गुठिचौर गाउककपालिकामा ३३ प्रतिशत किशोरीहरु उमेर नपुग्दै आमा बनेका हुन् ।

क्रमश ः पातारासीमा २४, तिलामा २२, तातोपानीमा २०, कनकासुन्दरीमा २०, हिमामा १७, सिंजामा १५ र चन्दननाथ नगरपालिकामा १३ प्रतिशत किशोरीहरु आमा बनेका थिए । यस्तै आर्थिक वर्ष २०७७÷०७८ को तथ्यांक हेर्दा जिल्लाका ८ सय ६० जना किशोरीहरु २० वर्ष नपुग्दै आमा बनेका थिए । सबैभन्दा बढी चन्दननाथमा १ सय ९० जना किशोरीहरु आमा बनेकोमा पातारासीमा १ सय ३४ जना किशोरीहरु आमा बनेका थिए ।

यसैगरी तातोपानीमा ६६ जना, पातारासीमा १ सय ३४, कनकासुन्दरीमा ९०, सिंजामा ६८, गुठिचौरमा ९५ जना, तिलामा १ सय ४० र हिमामा ७७ जना किशोरीहरु आमा बनेका थिए।मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार बालविवाह गर्दा हुने कानुनी सजाय छ ।

मुलुकी अपराध संहिता ऐन २०७४ मा २० वर्ष नपुगी गरे वा गराइएको विवाह स्वतः बदर हुने व्यवस्था छ । कसुर गर्ने जो कोही व्यक्तिलाई तीन वर्ष सम्म कैद र तीस हजार सम्म जरिवाना हुने कानूनी व्यवस्था छ ।

उमेर पुगेपछि बिहे गर्ने जोडीलाई पातारासीले दियो बधाई पत्र

विश्व बैंकको सहयोगमा कर्णालीका चार स्थानीय तहको

उमेर पुगेपछि बिहे गर्ने जोडीलाई पातारासीले दियो बधाई पत्र

प्रदेश सरकार कागज भन्दा व्यवहार मिलाउने किसानको