‘योजना निर्माण र कार्यान्वयनमा स्वार्थपूर्ण निर्णय र अन्यायपूर्ण कार्यले स्थान पाउने छैन’


कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेले प्रदेशबाट आउने योजना किनबेचको बस्तु नभई सेवाग्राहीको अधिकार भएको जिकिर गरेका छन् । जुम्लाको विकास निर्माणको अवस्था बुझ्न र जनतासँग प्रत्यक्ष संवाद गर्न जुम्ला पुगेका छन् ।
मुख्यमन्त्री कँडेलले संघ, प्रदेश र स्थानीय तहका कर्मचारी तथा स्थानीय जनप्रतिनिधिहरूसँग भेटघाट गर्दै विकास निर्माणको अवस्था बुझ्न जुम्ला पुगेर यस्तो बताएका हुन् । शुक्रबार नेपाल पत्रकार महासंघ जुम्लाले गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री कँडेलले स्थानीय सरकार, सरोकारवालाहरू र कर्मचारीहरूसँग प्रत्यक्ष संवाद मार्फत प्रदेशमा भएका विकास निर्माणका कार्यहरू, समस्या र संभावनाहरूको समिक्षा गर्न आफ्नो भ्रमणको उद्देश्य रहेको बताए ।
मुख्यमन्त्री कँडेलले भने, “विकास निर्माणको वास्तविकता प्रत्यक्ष रुपमा बुझ्नका लागि जुम्ला पुगेको हुँ । प्रदेशका जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर योजना निर्माण गर्ने प्रक्रियालाई सुदृढ बनाउनु मुख्य जिम्मेवारीमा छुँ ।” उनले संघीय, प्रदेश र स्थानीय तहबीच समन्वयको अभावले कतिपय योजनाहरूमा अलपत्र अवस्थामा छन् । त्यसलाई समाधान गर्न तीन तहका सरकारहरूबीच सहकार्य र समन्वयलाई अझ प्रगाढ बनाउनुपर्ने छ । योजना निर्माण र कार्यान्वयनबीचको स्वार्थको खाडललाई घटाउन जनप्रतिनिधि, कर्मचारी र नागरिकहरूको समन्वय अत्यावश्यकता देखिएको उनले दाबी थियो । कर्णालीका सबै जिल्लाको भ्रमण दौडाहामा रहेका कँडेलले जनताका समस्या सुन्ने,आवश्यकता पहिचान गर्ने र नागरिकका अपेक्षालाई योजनामा समेट्न खोजेका छन् । कँडेलले भन्छन्, प्रदेशमा योजना र विकासको विषयलाई नयाँ मोडेको दृष्टिकोणबाट अघि बढाउन खोजेको छु । यस्तो कार्यमा जनस्तरबाट सहयोग अपरिहार्यता,आशा छ,सबै सहयोग र समर्थन हुनेछ ।
प्रदेश सरकारले सेवाग्राहीलाई केन्द्रमा राखेर योजना बनाउने र कार्यान्वयन गर्ने परिकल्पनाका साथ काम भइरहेको छ । “योजना किनबेचको वस्तु होइन, यो सेवाग्राहीको अधिकार हो । योजना निर्माण र कार्यान्वयनमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप, स्वार्थपूर्ण निर्णय र अन्यायपूर्ण कार्यले स्थान पाउने छैन । मुख्यमन्त्रीले नागरिक स्तरमा जनचेतना बढाउनका लागि जिल्ला दौडाहामा निरन्तर खटिएको छुँ ।” सात जिल्लामा पुगेर, यो आठौं जिल्लाका रुपमा जुम्ला प्रवेश गरेको बताए ।
उनले पत्रकारहरुको जिज्ञासा मेटाउदै नागरिकमा सरकारप्रतिको विश्वास बढाउन र योजना कार्यान्वयनको पारदर्शिता देखाइ सुशासन कायम राख्न लागिपरेको सुनाए । कर्णालीका जनताले चाहेका र उनीहरूको जीवनस्तर सुधार गर्न सक्ने योजनाहरूमा मात्र ध्यान केन्द्रित गर्ने विश्वास व्यक्त गरे ।
कर्णाली प्रदेशमा विकासका लागि दीर्घकालीन योजना बनाउने र योजनाहरूलाई जनताको आवश्यकतासँग समाहित गराउने नीतिमा मुख्यमन्त्रीको विशेष जोड छ ।






