लम्कीचुहामा महिला मैत्री शहर निर्माणका लागि अभिमुखिकरण


महिला मैत्री शहर, नेपालमा समावेशीकरण र जलवायु उत्थानशील शहरीकरण परियोजना अन्र्तगत बुधबार लम्कीचुहा नगरपालिकाका सरोकारवालाहरुको सहभागितामा सहसृजना कार्यक्रमको अभिमुखिकरण सम्पन्न भएको छ ।
समुदाय, वडा र नगरस्तरमा चरणबद्ध छलफल तथा स्थलगत अध्ययन र अवलोकन तथा समुदाय नक्शाङ्कन मार्फत छनौंटमा परेका खुला क्षेत्रहरुको सह सृजनाका लागि पालिका स्तरिय सबै सरोकारवालाहरुको क्षमता अभिवृद्धिका लागि अभिमुखिकरण गरिएको हो ।
अभिमुखिकरणले जलवायु उत्थानशिल र समावेशी शहरी निर्माण संग सम्बन्धित खुला क्षेत्रहरुको डिजाइन र अनुगमन प्रकृयामा स्थानीय वासी, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरुको समावेशीकरणलाई जोड दिने र खुलाक्षेत्र निर्माणका लागि उनीहरुको अपनत्व अभिबृद्धि गर्न यस अभिमुखिकरणले सहयोग पुग्ने विश्वास गरिएको छ ।
उक्त अभिमुखिकरण कार्यक्रममा वातावरणविद तथा जलवायुविद्ध अजय केसीले जलवायु उत्थानशिल शहरी योजना रणनीतिहरु, जलवायु उत्थानशिल विकास दृष्टिकोण, हरित क्षेत्रहरु सार्वजनिक क्षेत्रहरु, जलवायु उत्थानशीलका नीति र योजना ,प्रकृतिमा आधारित समाधानहरु, जलावायु उत्थानशिल रैथाने थान, प्राकृतिक निर्माण सामाग्रीको प्रयोग र जल संवेदनशिल शहरी डिजाइन सम्बन्धी विषयमा अभिमुखिकरण गरेका थिए ।
यसैगरी जलवायु मैत्री सार्वजनिक खुला स्थानबाट जनस्वास्थ्यमा हुने सुधार,पर्यावरण्ीय लाभहरु, आर्थिक विकास लगायत विपदको समयमा आश्रय स्थलको रुपमा पनि प्रयोग गर्न सकिने भएको हुदा समुदायमा रहेका खुल्ला क्षेत्रको संरक्षण प्रर्वद्धनमा पुग्ने लाभको बारेमा शहरी विकास योजनाकार प्रवल दाहालले अभिमुखीकरण गरेका थिए । साथै खुला क्षेत्रलाई सबैको पहुच योग्य,समावेशी बनाउनु पर्ने कुरामा कार्यक्रम संयोजक अरुणा थापा मगरले जोड दिए ।
अभिमुखिकरण कार्यक्रममा लम्की चुहा नगरपालिकाका उप प्रमुख जुना चौधरीले ७० प्रतिशत परियोजनाको र ३० प्रतिशत भएकोले यसमा सबै जन प्रतिनिधि तथा सरोकारवालाहरुले ध्यान दिनुका साथै परियोजनालाइ सफल गराउन पालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने बताए । यसै गरी प्रमुख प्रशासकीय अधिकृत सुषमा महतो केसीले सुरक्षित सहर बनाउदा दिगो विकासमा विचार पुरयाउनु पर्ने कुरामा जोड दिए ।






