चन्दननाथ सहकारीको सम्पति ४ करोड १५ लाख बढी


चन्दननाथ बहुउद्देशिय सहकारी संस्था जुम्लाले १४ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभामा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष चक्रवहादुर शाहीले २३ हजार ५ सय ४६ जना शेयर सदस्य पुगेको बताए ।

आर्थिक वर्ष २०७९/०८० सम्म ४ करोड ३३ लाख २४ हजार ६ सय शेयर पुँजि छ । बचत २६ लाख २५ हजार ४ सय ८८, ऋण लगानि १८ करोड २५ लाख ४७ हजार ८७ रुपैयाँ छ । ३५ करोड १५ लाख ५४ हजार ३ सय ३३ ऋण असुलि भएको बताउँदै उनले अझै ३१ करोड ९६ लाख ६५ हजार ९ सय ५५ रुपैयाँ ऋण असुल गर्न बाँकि रहेको उनको भनाइ छ । संस्थाको खुद नाफा २७ लाख ३२ हजार २ सय १० रुपैयाँ रहेको अध्यक्ष शाहीले बताए ।

उनका अनुसार, ९ सय ७३ वर्गमिटर जग्गामा सहकारीले आफ्नै भवन निर्माण गरेको अवगत गराए । सहकारीको जम्मा सम्पति ४ करोड १५ लाख १७ हजार ५ सय ४९ रुपैयाँ रहेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ । १८ वटा सेवा केन्द्रहरु स्थापना गरि सहकारीका गवितिधिहरु अघि बढाईएको छ ।

सहकारीको शेयर लाभांश कोषमा २२ लाख ४६ हजार ९ सय ७४, जगेडा कोषमा ६६ लाख ३६ हजार ४ सय ९०, संरक्षित पुँजि फिर्ता कोषमा ४ लाख ४२ हजार ४ सय ३१, सहकारी शिक्षा कोषमा १ लाख ३५ हजार, सहकारी प्रवद्र्धन कोषमा १ लाख २२ हजार ५ सय रुपैयाँ रहेको प्रबन्धक विश्वराज खत्रीले बताए ।

यस्तै सहकारी विकास कोषमा १३ लाख ३२ हजार ९ सय ५६, घाटा पूर्ति कोषमा १६ लाख २८ हजार, डुबन्ते ऋण कोषमा ९५ लाख ४१ हजार, कर्मचारी बोनस कोषमा ६५ लाख, कर्जा जोखिम कोषमा १ लाख ६१ हजार, सदस्य सहयोग विकास कोषमा ४ लाख १० हजार, किर्डाक नेपालको बिउपुँजि कोषमा १२ लाख, समुदाय विकास कोषमा ३६ लाख २५ हजार र कर्मचारी बीमा कोषमा ५ हजार रुपैयाँ गरी जम्मा ३ करोड २२ लाख २२ हजार ७ सय ३१ रुपैयाँ रहेको खत्रीले बताए ।

आगामी दिनमा ऋण सहि ठाउँमा लगानि गरि त्यसबाट प्राप्त फाईदाबाट समयमै ऋण चुक्ता गर्ने सहकारीको उद्देश्य छ । आगामी दिनमा महिला सदस्यहरुको क्षमता विकास तथा रोजगारी सृजनाको लागि सीपमुलक तालिमहरु संचालन गरिने छ । साधारणसभाको प्रमुख अतिथिको भूमिकामा रहनु भएका चन्दननाथ नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विर्ष कार्कीले सहकारीले महिलाहरुको क्षमता विकास भएको बताए । गाउँमा छरिएर रहेको पुँजि संकलन र महिलाको बोल्ने बानिको विकासममा सहकारीको हात महत्वपूर्ण रहेको उनको भनाइ छ । महिलाहरुलाई चन्दननाथ बहुउद्देशिय सहकारी संस्थामा ढुक्क भएर बचत गर्न सुझाव दिए । सहकारीका माध्यमबाट आर्थिक चलायमान भएको छ ।

साधारणसभाको अवसरमा रिरास परियोजनाबाट सहकारीलाई चिनो र कागुनो कुट्ने उपकरण हस्तान्तरण गरिएको छ । कृषि खाद्य प्रणालीका लागि नविकरणीय उर्जा कार्यक्रम अन्तर्गत (रिरास) परियोजनाको सहजिकरणमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र मार्फत सहकारीलाई उपकरण हस्तान्तरण गरिएको हो ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका फिल्ड संयोजक पृथ्वी शाहीले सहकारीका अध्यक्ष चक्र वहादुर शाहीलाई वडाध्यक्ष कार्कीको रोहोबरमा उपकरण हस्तान्तरण गरे । १ लाख ५० हजार मुल्यको उपकरण हस्तान्तरणले रैथाने बालिको संरक्षण र प्रवद्र्धनमा सहयोग पुगोस भनेर चिनो र कागुनो कुट्ने मेसिन दिईएको लि–बर्ड रिरासका क्लष्टर संयोजक गोविन्द ढकालले जनाए।चिनो र कागुनो हातले कुट्न असहज हुने भएकाले सहकारीलाई उपकरण हस्तान्तरण गरिएको छ ।

उपकरण हस्तान्तरणमा युएनडिपिका क्लष्टर संयोजक ऋषिराज ओलिको पनि सहभागिता रहेको थियो । सहकारीले कनकासुन्दरीको विराट, सिंजाको नराकोट, हिमा गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको नाग्म, तिलाको कुडारी, तातोपानीको लिताकोट, पातारासीको लासि, गुठिचौर र चन्दननाथ नगरपालिकाको मुख्य कार्यालयमा साधारणसभा सम्पन्न गरेको छ ।

चन्दननाथ सहकारीको सम्पति ४ करोड १५ लाख बढी

बजेट नहुँदा सिमकोट विमानस्थल विस्तार कार्य रोकियो

चन्दननाथ सहकारीको सम्पति ४ करोड १५ लाख बढी

YUGAAWHAN NATIONAL DAILY (2081-07-27)

This will close in 0 seconds