प्रधानमन्त्री ओली बुधबार जुम्ला आउने


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली जुम्ला आउने भएका छन् ।
प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओली कार्तिक २८ गते बुधबार जुम्ला आउने प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले जानकारी दिए ।
दीक्षान्तमा ५८ जना विद्यार्थी दीक्षित हुनेछन्। दीक्षान्तमा स्वास्थ्यमन्त्री प्रदीप पौडेल, अमेरिकास्थित हार्बड मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्टेन्थेनिङका डाइरेक्टर क्रिष्टिन मसिंगरसमेत आउने छन् ।
गत भदौ २३ गते प्रधानमन्त्रीको व्यस्तताका कारण दीक्षान्त समारोह स्थगित गरी कात्तिक २८ गते तोकिएको थियो ।






