तुलसीपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन गम्भीर घाइते


दाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सल्यानको कोईलाबाट तुलसीपुरतर्फ आइरहेको रा१ज ८२२ नम्बरको डबल क्याब जिप तुलसीपुर–३ साततलेमा दुर्घटनामा हुँदा दंगीशरण गाउँपालिका–४ बैबाङ निवासी २२ वर्षीय चालक हिरामणी बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ६ निवासी १९ वर्षीय सुरेश खड्काको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापका अनुसार दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । शनिबार बिहान साढे ३ बजेतिर जीप दुर्घटनामा परेको हो ।

जीप सडकबाट करिब ३०० मिटर तल खसेको छ । जिपमा ५ जना यात्रु सवार थिए । अन्य तीन जना यात्रु पनि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

तुलसीपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन गम्भीर घाइते

चौथो रानीवन गोल्ड कपको उपाधि सिम ब्वाइजलाई

तुलसीपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन गम्भीर घाइते

राप्ती लोकमार्ग विस्तार गर्दा मुआब्जा दिन माग