घोडामर्चा बेचेर घरखर्च


जुम्लाको चन्दननाथ नगरपालिका –६ छिना गाउँकी ४३ वर्षकी पार्वती थापा दैनिक ३ देखि ५ केजी सम्म स्थानीयस्तरमा पाइने जडिबुटी(घोडामर्चा) टिप्छिन् । उनले शाउनदेखि असोजसम्म घोडामर्चा टिपेर आफ्नो ६ जनाको परिवारको खर्च चलाउँदै आएकी छिन् । दैनिक सयदेखि एक हजार ५ सय देखि दुई हजार ५सयसम्म आम्दानी हुने थापा बताउछिन् ।

उनले प्रति केजी जुम्ला बजारमै पाँच सय केजीमा बिक्री गर्दै आइरहेको बताइन् । अघिल्लो वर्ष उनले ६० केजी घोडामर्चा बेचेर ३० हजार नगद रुपैयाँ बुझेकी थिइन् । भने यो वर्षको गत असोज १० गते मात्रै ५४ केजी बिक्री गरि २७ हजार रुपैयाँ बुझेको सुनाइन् । अझै २० केजी बिक्री गर्न बाकीँ छ,उनले भनिन् ।

घर परिवार पाल्न,लुगाफाटो,चामल तेल, र छोराछोरीको पढाइ खर्च जुटाउन घोडामर्चा टिप्ने गरेको बताउछिन् । यस्तै नगरपालिका –४ मालाभिड गाउँका ७१ वर्षका भानुभक्त चौलागाई घोडामर्चा दैनिक १० देखि २० प्याकेट सम्म टिप्छन् ।

उनी विहान खाना खाएर दिउँसो भरवनमा टिपेर साझँ घर फर्कने गरेको बताउँछन् । सधैंभरि घरमै बस्नु भन्दा हरियाली वनमा घोडामर्चा टिप्नु रमाइलो हुन्छ । हिड्डुल गर्दा पनि स्वास्थ्यका हिसाबले राम्रो हुने कमाई पनि राम्रो हुन गर्छ,उनले भने,चौलागाईका अनुसार १६ केजी पहिलोपटक बेचेर ८ हजार बुझेँ, दोस्रो पटक भने,१८ केजी भयो, नगद नौँ हजार रुपैयाँ कमाएको छुँ । दुख गरि संकलन गरेको वस्तु जुम्लाको सदरमुकाममै बेच्न पाउँदा उनिहरु खुसी छन् ।

उनले पनि नुन खर्च,तेल,नातिनातिना नाति पढ्ने, बिजुली खाने खर्च जुटाउने गरेको बताउँछन् । वडा दसैं पनि नजिकै आएको छँ । उनिहरुले टिपेर ल्याइएको घोडामर्चा जुम्ला सदरमुकाममा रहेको चन्दननाथ मिनीमार्केटले सजिलैसंग खरिद गर्ने गरेको छ ।

घरमा राम्रोसँग मनाउन पाइने भयो,भानुभक्तले भने । नगरपालिका भित्रकै सुनथापाल ,जुनिखोला र मेलखाने लगायत वनमा घोडामर्चा प्रशस्त पाइन्छ । हरियो टिपेर घरमा ल्याएर दुई दिन घाममा सुकाएर धुलो बनाएर बेच्ने गरिन्छ । स्थानीय बजारदेखि काठमाडौँ जस्ता ठुलो शहरका भान्सासम्म पुग्ने जुम्लाको घोडामर्चा चिया खान उपयुुक्त मानिन्छ ।

यस्तै स्वास्थ्यका हिसाबले निनाइ मार्ने, दाँत दुख्ने कम गर्छ । शाउन सुरु भएदेखि जुम्लामा डोको बोकेर घोडामर्चा खोज्नेको ताँती लाग्छ । अन्तरजिल्लाबाट घुम्न आएका आगन्तुक तथा पर्यटकले किनेर लैजाने गरेका छन् । कुनै उपयोगिताबिना खेर गइरहेको स्थानीय जडिबुटीको प्रयोग गरेर चिया उत्पादन गर्न टिप्न थालिएको हो । जडिबुटीबाट उत्पादन गरिएको चियाको माग शहरमा समेत हुन थालेपछि किसानहरू जडिबुटी ( घोडामर्चा) संकलन तिर कार्यमा आकर्षित भएका छन् ।

जुम्लामा जडिबुटीबाट उत्पादन भएको घोडामर्चा चियाको माग पछिल्लो समयमा देशका ठूला शहरमा समेत रहेको चन्दननाथ मिनीमार्केट जुम्लाका प्रमुख राजुबोहोराले बताए । ‘जिल्लामा भन्दा देशका ठुला सहरमा बढी छ’, उनले भने ‘जुम्ला लगायत कर्णालीमा खेर गइरहेको जडिबुटीबाट राम्रो आम्दानी लिन सकिन्छ’, तर जुम्लाका स्थानीय सरकारले सोच्नु पर्छ।उनले भने– ‘कर्णालीमा रहेको बेरोजगारी समस्या समधान गर्न यसले सहयोग गरेको छ ।’ त्यत्तिकै खेर जाने गरेको त्यसलाई प्रयोग गरेर स्थानीय रुपमा नै राम्रो आम्दानी लिन सकिने देखिन्छ ।

घोडामर्चा बेचेर घरखर्च

द डार्क फाइल

घोडामर्चा बेचेर घरखर्च

कर्णालीमा ट्राफिक दरबन्दी भन्दा दोब्बर बढी कार्यरत

This will close in 0 seconds