बाँकेमा ठेउलाको प्रकोप बढ्दै, बालबालिका बढी प्रभावित

बाँकेमा ठेउलाका बिरामी बढेका छन् । भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज तथा निजी क्लिनिकहरूमा ठेउलाको समस्या लिएर आउने बिरामीहरू बढेका छन् । ठेउला प्रकोपकै रुपमा देखिएको चिकित्सकहरू बताउँछन् ।

चिकित्सकहरुका अनुसार ठेउलाबाट बालबालिकाहरू बढी प्रभावित भएका छन् । ‘दैनिक ८÷१० जना ठेउलाका बिरामी बालबालिका उपचारका लागि आइरहेका छन्’ नेपालगञ्ज मेडिकल कलेजका वरिष्ठ बालरोग विशेषज्ञ डा. पियुष कुमार कनोडियाले भने, ‘अहिले ठेउला निकै फैलिएको देखिएको छ, यो तीव्र गतिमा सर्ने भएकाले सावधानी अपनाउनुपर्दछ, ठेउला भएको बिरामीलाई आइसोलेट नै गर्नुपर्दछ ।’

‘चिकेनपक्स’ भनेर चिनिने ठेउला ‘भेरिसेला जोस्तर’ भाइरसको कारणले हुने डा.कनोडियाले बताए । उनका अनुसार यो भाइरस सहजै बिरामीका खोकी वा थुकको छिटा तथा बिरामीका छालामा देखिने फोकाका पानी छोएमा सर्ने गर्छ, संक्रमित भएको १० देखि २१ दिनसम्ममा लक्षणहरू देखा पर्ने गर्छन् ।

ज्वरो आउनु, आलस्य हुनु र शरीरमा चिलाउने बिबिरा देखिनु यसका मुख्य लक्षण हुन् । बिबिरा सामान्यतः अनुहारबाट सुरु भएर घाँटी, छाती, ढाड पछाडि हुँदै शरीरमा फैलिन्छ । बिबिराहरू पानी फोकामा परिणत भई पाप्रा भएर झर्ने गर्छ । पानी फोका एकदमै संक्रमित हुने गर्छ र छोएमा भाइरस सजिलै सर्न सक्छ । हप्ता÷दश दिनमा यो क्रम सकिने गर्छ ।

बाँकेमा ठेउलाको प्रकोप बढ्दै, बालबालिका बढी प्रभावित

गुठीचौरमा चार दिने प्याराग्लाइडिङ महोत्सव सुरु

बाँकेमा ठेउलाको प्रकोप बढ्दै, बालबालिका बढी प्रभावित

सरकारले पर्यटन विकासमा सघाउँछः प्रधानमन्त्री