मध्यपश्चिम विश्वविद्यालय स्ववियु निर्वाचन : ९ विद्यार्थी संगठन दर्ता


मध्यपश्चिम विश्वविद्यालय (एमयु)मा भाद्र २८ गते सम्पन्न हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि उत्साहपूर्वक विद्यार्थी संगठन दर्ता गरेका छन । बिहिबार बेलुकासम्म उत्साहपूर्वक विश्वविद्यालय विद्यार्थी संगठनले आ–आफ्नो संगठन दर्ता गराएका हुन ।

मध्यपश्चिम विश्वविद्यालय सुर्खेतको आगामी भाद्र २८ गते सम्पन्न हुन गइरहेको स्ववियु निर्वाचनको लागि स्ववियु निर्वाचन अधिकृतको कार्यालयमा बिभिन ९ बटा संगठनहरुले उत्साहपूर्वक निर्वाचनमा सहभागी हुनका लागि संगठन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।

दर्ता गर्ने बिभिन्न बिध्यार्थि सगठनहरुमा नेपाली काङ्ग्रेस निकट (नेपाल बिद्यार्थी संघ ), नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी), नेकपा (एमाले) निकट,अनेरास्ववियु, नेकपा (एकीकृत समाजबादि) निकट,अनेरास्ववियू, नेपाल मजदुर किसान पार्टी निकट (नेपाल क्रान्तिकारी बिद्यार्थी संघ), क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल (विप्लव+मोहन बैद्य) निकट,अखिल नेपाल बिद्यार्थी युनियन समाजवादी (विप्लव), देवदुत मंच नेपाल (धार्मिक संघ), वैदिक साम्य संघ (धार्मिक संघ) र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट (राष्ट्रिय प्रजातन्त्र बिद्यार्थी संगठन) रहेका छ्न ।

मध्यपश्चिम विश्वविद्यालय स्ववियु निर्वाचन : ९ विद्यार्थी संगठन दर्ता

अस्पतालमा शय्या अभावभएपछि त्रिपालमुनि उपचारको व्यवस्था

मध्यपश्चिम विश्वविद्यालय स्ववियु निर्वाचन : ९ विद्यार्थी संगठन दर्ता

सम्पादकीय : माता त्रिपुरासुन्दरीले ति सबैको रक्षा